NIMB Header 2
Nepal Life

राजालाई पाँच वर्षमा फाल्न सक्दैनौं नेतालाई फाल्न सक्छौं

Muktinath Bank
  • BFIS News
  • 2025 Apr 24 05:22
राजालाई पाँच वर्षमा फाल्न सक्दैनौं नेतालाई फाल्न सक्छौं
Everest Bank


काठमाडौँ, वैशाख १० गते । संघीय संसदमा प्रतिनिधित्व गर्ने ठूला पार्टीका नेताहरूले देशलाई द्वन्द्वमा धकेल्ने प्रयासलाई निस्तेज पार्नपर्छ र गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसने बताएका छन् । उनीहरूले संविधान र गणतन्त्रको रक्षाका एकजुट भएर लाग्नुपर्नेमा जोड पनि दिए ।

Shikhar
NIMB

तारकेश्वर नगरपालिकामा नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान गर्न आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले नकारात्मक कुरा मात्रै नसोच्न र सकारात्मक परिवर्तनका कुरा हेरेर अगाडि बढ्न सर्वसाधारणसँग आग्रह पनि गरे ।

कार्यक्रममा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति एवम् नेकपा (माओवादी केन्द्र) का नेता विमला सुवेदीले सबै दलले असल संस्कृतिको सुरुवात गर्नु आवश्यक छ भन्दै हालसम्म जारी भएका सातवटा संविधानमध्ये २०७२ को संविधान सबैभन्दा सर्वोत्कृष्ट भएको बताएकी छिन् ।

सभापति सुवेदीले भने,‘‘निरङ्कुश शासन व्यवस्थाको कल्पना पनि गर्न सकिँदैन, जनताका छोरा छोरी राष्ट्रपति भएका छन्, यस्तो व्यवस्थाको रक्षाका लागि सबै लाग्नुपर्छ, राजतन्त्रमा राजालाई पाँच वर्षमा फाल्न सक्दैनौं नेतालाई निर्वाचनको माध्यमबाट फाल्न सक्छौं ।’’

गणतन्त्र कसैसँग भिख मागेर ल्याएको होइन हजारौंको बलिदानी र लामो सङ्घर्षको उपज हो भन्दै उहाँले विकासका लागि दलीय आस्थाबाट माथि उठेर कार्य गर्न आग्रह गरे ।

माओवादीका नेता हिमाल शर्माले भने, ‘‘किस्ती दिएर गणतन्त्र आएको होइन, देशलाई द्वन्द्वमा धकेल्ने काम भइरहेको छ, त्यसलाई निस्तेज पार्ने काम गर्नुपर्छ, गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन । जनताका छोराछोरी नै राजा हुन, आफ्नै बंश विनाश गर्नेहरू नेपाली जनतालाई कदापि स्वीकार्य हुँदैन ।’’ नेता शर्माले राजनीतिप्रति विश्वास जगाउनुपर्ने र संविधानका राम्रा पक्षलाई अझ राम्ररी लागू गर्न सबै दलहरू जानुपर्नेमा जोड दिए ।

माओवादी केन्द्रका नेता मिलन गिरीको अध्यक्षतामा आयोजित कार्यक्रम नेपाली कांग्रेसका नेता हस्तबहादुर गुरुङ, नेकपा एमालेका अर्जुन घिमिरे, नेकपा माओवादी केन्द्रका धनलाल महर्जन, शिवकुमार कोइराला, रामबाबु फुयाल, नेकपा समाजवादीका राधिका महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका सूर्य अधिकारीलगायतले संविधानको रक्षाका लागि दलहरू मिलेर जानुको विल्प नभएको बताए ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया