Nepal Life

नेपाल वेयर हाउजिङले डाक्यो छैठौं वार्षिक साधारण सभा, सर्वसाधारण तर्फको एक सञ्चालकको निर्वाचन

NMB Bank
  • BFIS News
  • 2025 Apr 25 18:07
नेपाल वेयर हाउजिङले डाक्यो छैठौं वार्षिक साधारण सभा, सर्वसाधारण तर्फको एक सञ्चालकको निर्वाचन
National Life

काठमाडौं, बैशाख १२ – नेपाल वेयरहाउसिङ्ग कम्पनी लिमिटेड (NWCL) ले आफ्नो छैठौं वार्षिक साधारण सभा आउँदो जेठ ८ गते, २०८२ मा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरिङ्गमा आयोजना गर्ने भएको छ। कम्पनीका अनुसार सभा दिउँसो २:०० बजे सुरु हुनेछ।

Shikhar
NIMB

सभामा आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति, स्वतन्त्र निर्देशकको नियुक्ति अनुमोदन गर्ने र सर्वसाधारण शेयरधनीहरूको तर्फबाट एक जना निर्देशकको निर्वाचन गर्ने एजेन्डाहरू पनि सभामा समावेश गरिएका छन्।

कम्पनीले साधारण सभाका लागि बैशाख २८ गतेलाई पुस्तक बन्द मिति तोकेको छ। सो मितिभन्दा अघिसम्म शेयर कायम रहेका लगानीकर्ताहरू मात्र सभामा सहभागिता जनाउन योग्य हुनेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया