NIMB Header 2
Nepal Life

सानिमा क्यापिटलद्वारा चैत्र महिनाको म्युचुअल फन्ड योजनाहरुको NAV प्रतिवेदन सार्वजनिक

National Life
  • BFIS News
  • 2025 Apr 28 13:32
सानिमा क्यापिटलद्वारा चैत्र महिनाको म्युचुअल फन्ड योजनाहरुको NAV प्रतिवेदन सार्वजनिक
Sanima Reliance

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले आफ्ना विभिन्न म्युचुअल फन्ड योजनाहरुको चैत्र महिनाको शुद्ध सम्पत्ति मूल्य (NAV) प्रतिवेदन सार्वजनिक गरेको छ।

Shikhar
NIMB

सानिमा बैंकद्वारा प्रवर्द्धित र सानिमा क्यापिटलले व्यवस्थापन गरेको बन्दमुखी योजना सानिमा लार्ज क्याप फन्ड (SLCF) को अवधिअवधि ७ वर्षको रहेको छ। यो योजनाको कोष आकार १ अर्ब २० करोड रुपैयाँ रहेको छ।

चैत्र महिनामा फन्डले सूचीकृत कम्पनीहरुको शेयरमा १ अर्ब रुपैयाँ लगानी गरेको छ भने सार्वजनिक निष्कासन, हकप्रद र बोनस शेयरहरुमा ६ करोड ६८ लाख रुपैयाँ लगानी गरिएको छ। स्थायी निक्षेपमा ६ करोड र ऋणपत्र तथा डिबेन्चरमा १० करोड ४ लाख रुपैयाँ लगानी गरिएको छ। फन्डको बैंक मौज्दात १५ करोड १६ लाख रुपैयाँ रहेको छ।

उक्त महिनामा फन्डले १४ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ। फागुनमा यो नाफा १८ करोड ४ लाख रुपैयाँ थियो। फन्डको NAV चैत्रमा ११.५३ रुपैयाँ रहेको छ भने फागुनमा यो ११.८६ रुपैयाँ थियो।

यसैगरी, सानिमा ग्रोथ फन्ड (SAGF) ले पनि आफ्नो चैत्र महिनाको NAV प्रतिवेदन सार्वजनिक गरेको छ। ११ वर्षे अवधिको यो बन्दमुखी फन्डको कोष आकार ६७ करोड २५ लाख रुपैयाँ रहेको छ।

चैत्रमा SAGF को NAV ११.४६ रुपैयाँ पुगेको छ जुन फागुनमा ११.७७ रुपैयाँ थियो। फन्डले सूचीकृत शेयरमा ५६ करोड ७५ लाख रुपैयाँ, सार्वजनिक निष्कासनमा १ करोड १३ लाख रुपैयाँ, र स्थायी निक्षेपमा ८ करोड रुपैयाँ लगानी गरेको छ। बैंक मौज्दातमा ७ करोड ८ लाख रुपैयाँ तथा अन्य सम्पत्तिमा १६ लाख ४७ हजार रुपैयाँ रहेको छ।

चैत्र महिनामा फन्डको खुद नाफा ७ करोड ४४ लाख रुपैयाँ रहेको छ, जुन फागुनमा ९ करोड ५१ लाख रुपैयाँ थियो।

यसैबीच, सानिमा फ्लेक्सी फन्ड ले पनि आफ्नो पहिलो NAV प्रतिवेदन सार्वजनिक गरेको छ। १० वर्षे बन्दमुखी योजना रहेको यस फन्डको कोष आकार ४५ करोड ९६ लाख रुपैयाँ रहेको छ।

NAV प्रतिवेदन अनुसार चैत्रको अन्त्यसम्ममा फन्डको NAV ९.९५ रुपैयाँ पुगेको छ। फन्डले सूचीकृत कम्पनीका शेयरमा ३ करोड ८१ लाख रुपैयाँ लगानी गरेको छ भने बैंक मौज्दातमा ३३ करोड ४ लाख रुपैयाँ राखिएको छ।

यो योजनाले चैत्र महिनामा २४ लाख ३२ हजार रुपैयाँको घाटा ब्यहोरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया