Nepal Life

१० रुपैयाँको चुरोट ३० पुर्‍याउन स्वास्थ्य मन्त्री पौडेलको सुझाव

NMB Bank
  • BFIS News
  • 2025 Apr 29 16:09
१० रुपैयाँको चुरोट ३० पुर्‍याउन स्वास्थ्य मन्त्री पौडेलको सुझाव
National Life

काठमाडौं, वैशाख १६ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चुरोट तथा रक्सीमा ठूलो मात्रामा मूल्यवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल, मध्यपुर थिमीको १७औं स्थापना दिवस तथा ब्लड बैंक उद्घाटन समारोहमा बोल्दै मन्त्री पौडेलले अहिले प्रतिखिल्ली १० रुपैयाँ पर्ने चुरोटको मूल्य ३० रुपैयाँ पुर्‍याउन प्रस्ताव गरेका हुन्।

Shikhar
NIMB

त्यस्तै, प्रति बोतल एक हजार रुपैयाँ पर्ने रक्सीको मूल्यलाई तीन हजार रुपैयाँ पुर्‍याउने प्रस्ताव पनि उनले अघि सारे। मन्त्री पौडेलका अनुसार यसरी तम्बाकू र मदिरामा कर वृद्धि गरी संकलित रकमको केही हिस्सा स्वास्थ्य बिमामा लगानी गर्न सकिन्छ।

“स्वास्थ्य बिमा जीवित राख्न खर्च जुटाउनु जरूरी छ,” मन्त्री पौडेलले भने, “नत्र स्वास्थ्य बिमा कार्यक्रम खारेज गर्नुपर्ने स्थिति आउन सक्छ।”

उनले स्वास्थ्य बिमा रकमको सीमा एक लाखबाट पाँच लाख पुर्‍याउने तयारीसम्बन्धी मन्त्रालयका योजनाबारे समेत जानकारी गराएका थिए।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, पूर्वमेयर मदनकृष्ण श्रेष्ठ, उपमेयर अञ्जनादेवी मधिकर्मी लगायतका वक्ताहरूले स्वास्थ्य क्षेत्रका विभिन्न पक्षमा आफ्ना धारणा राखेका थिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया