NIMB Header 2
Nepal Life

प्रधानमन्त्री ओलीद्वारा आँखा स्वास्थ्यलाई राष्ट्रिय स्वास्थ्य बीमामा समावेश गर्ने घोषणा

National Life
  • BFIS News
  • 2025 Apr 30 12:52
प्रधानमन्त्री ओलीद्वारा आँखा स्वास्थ्यलाई राष्ट्रिय स्वास्थ्य बीमामा समावेश गर्ने घोषणा
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने घोषणा गरेका छन्।बुधबार काठमाडौंमा आँखा स्वास्थ्य क्षेत्रमा क्रियाशील संस्थाहरूको आयोजनामा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन ‘इन साइट अफ लाइफ २०३०’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आँखा गुमाउने जोखिममा रहेका व्यक्तिहरूलाई ध्यानमा राखी प्राथमिक स्वास्थ्य सेवा प्रणालीमा आँखा स्वास्थ्यको समावेशलाई प्राथमिकता दिइएको जानकारी गराए।

Shikhar
NIMB

उनले दिगो विकास लक्ष्यहरू (SDGs) प्रति नेपालको प्रतिबद्धता दोहोर्‍याउँदै, आँखा स्वास्थ्यलाई अब सार्वजनिक स्वास्थ्य पूर्वाधारको एक अनिवार्य हिस्सा रूपमा लिइएको उल्लेख गरे। प्रधानमन्त्री ओलीका अनुसार, विद्यालय तहबाट दृष्टि परीक्षण तथा स्कुल नर्स कार्यक्रम सञ्चालन गरी शिक्षा क्षेत्रमा समानता र लैङ्गिक पहुँचको विस्तार गरिएको छ।

प्रधानमन्त्री ओलीले नेपालमा सन् २०२२ मा ‘बच्न सकिने अन्धोपन’ को द्रुत मूल्याङ्कन पूरा भइसकेको र यसले राष्ट्रिय प्राथमिकता तय गर्न मार्गदर्शन दिएको बताए। उनले स्वास्थ्य क्षेत्रको रणनीतिक योजनाअनुसार सन् २०३० सम्म मोतियाविन्दुको प्रभावकारी शल्यक्रिया कभरेज ३५.४५ प्रतिशतबाट बढाएर ७५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको पनि जानकारी दिए। उनले यस अभियानमा कुनै पनि देश एक्लै पुग्न नसक्ने भएकाले अन्तर्राष्ट्रिय सहकार्य र साझेदारीको खाँचो रहेकोमा जोड दिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया