प्रभु महालक्ष्मी लाइफको ८.४२१ प्रतिशत लाभांश घोषणा, चुक्ता पूँजी ५ अर्ब १० करोड पुग्ने, हकप्रद नचाहिने
- BFIS News
- 2025 May Fri 12:17

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि ८.४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
कम्पनीको वैशाख १७ गते बसेको २३औं सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ८ प्रतिशत बोनस शेयर र करसहित ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र वितरण हुनेछ।
यस समाचार लेख्दाको समयमा कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता रु. ५४८.१८ रहेको छ।
प्रतिक्रिया