अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता
- BFIS News
- 2025 May 02 13:08
काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच आज बिहान भेटवार्ता सम्पन्न भएको छ।
अर्थ मन्त्रालयमा भएको सो भेटमा दुई देशबीचको आपसी हित र सहयोगका विषयमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ।
भेटमा क्षेत्रीय साझेदारी, आर्थिक सहकार्य तथा आपसी सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको बताइएको छ।
यसअघि, चौथाइवालेले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग पनि भेट गरेका थिए।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया