NIMB Header 2
Nepal Life

स्वास्थ्य मन्त्रीको चेतावनीः आठौं तह सरह भत्ता नदिने मेडिकल कलेजको सम्बन्धन खारेज हुने

National Life
  • BFIS News
  • 2025 May 02 13:44
स्वास्थ्य मन्त्रीको चेतावनीः आठौं तह सरह भत्ता नदिने मेडिकल कलेजको सम्बन्धन खारेज हुने
Sanima Reliance

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजहरूले आवासीय चिकित्सकलाई स्वास्थ्य मन्त्रालयको आठौं तह सरहको भत्ता नदिए सम्बन्धन नै खारेज हुने चेतावनी दिएका छन्।

Shikhar
NIMB

शुक्रबार मन्त्रालयमा नेपाल चिकित्सक संघसँगको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगको माघ २५ गतेको निर्णय कार्यान्वयन नगर्ने मेडिकल कलेजलाई मन्त्रालयबाट कुनै सुविधा नदिने स्पष्ट पारे। उक्त निर्णयले आवासीय चिकित्सकलाई मासिक ४८ हजार ७ सय ३७ रुपैयाँ बराबरको निर्वाह भत्ता दिने व्यवस्था गरेको छ।

मन्त्री पौडेलले भने, “यो कुनै माया दयाले दिइएको होइन, तपाईंहरूको कामको मूल्य हो। कसैले नमान्ने भए सम्बन्धन तोडिने अवस्था आउँछ। राज्यसँगको सबै सम्बन्ध अन्त्य हुन्छ।”

उनले आवासीय चिकित्सकका लागि हप्तामा ७२ घण्टाको कार्य समयको व्यवस्था गर्न, किरिया बिदा, सरकारी बिदाको व्यवस्थापन र एकेडेमिक क्यालेन्डर प्रभावित नहुने गरी आवश्यक समन्वय गर्न मन्त्रालय सकारात्मक रहेको बताए।

मन्त्रीले मन्त्रालयले चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै सम्बन्धित सबै पक्षलाई कार्यान्वयन गर्न निर्देशन दिने जानकारी पनि दिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया