Nepal Life

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

NMB Bank
  • BFIS News
  • 2025 May 03 10:35
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
National Life

काठमाडौं । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–७ मा निर्माणाधीन २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ। ठूलाेखोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित सो आयोजना तीन वर्षअघि सुरु गरिएको हो।

Shikhar
NIMB

आयोजनाको भाैतिक प्रगति हालसम्म ९० प्रतिशत पुगेको आयोजनाका प्रमुख लोकबहादुर नायकले जानकारी दिए। उनका अनुसार बाँध, विद्युत्गृह र पाइपलाइनको निर्माण सकिएको छ भने विद्युत्गृहमा उपकरण जडान र प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ।

“२०७९ सालदेखि सुरू गरिएको आयोजना २०८२ सालको वैशाखसम्म परीक्षण उत्पादनमा ल्याउने लक्ष्य रहेको थियो,” नायकले भने, “तर बेनीदेखि आयोजना स्थलसम्मको सडक स्तरोन्नतिको कामले ढुवानीमा समस्या आएकोले कार्यतालिकामा केही ढिलाइ भएको छ।”

सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्राउने पोखरी), दुई हजार ९०० मिटर लामो मुख्य पाइपलाइन र ३०० मिटर सर्च साफ्ट पाइपलाइन जडान भइसकेको छ। फेदीस्थित विद्युत्गृह परिसरमा स्विचयार्ड निर्माण कार्य भइरहेको छ।

फेदीदेखि बन्दीसम्म १४ वटा टावरमार्फत पाँच किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणाधीन अवस्थामा छ। साथै, बन्दीदेखि ठूलोखोला र चिमखोला हुँदै चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनासँग सहकार्य गरी तिल्केनीचौरबाट २२० केभीको दाना–खुर्कोट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् जोडिनेछ।

आयोजनाको सिभिल निर्माण देव ऊर्जा कन्स्ट्रक्सनले, हाइड्रोमेकानिकल काम बीएफएल ब्याङलोरले र इलेक्ट्रोमेकानिकल कार्य बिएफएलले गर्दै आएका छन्। कुल लागत तीन अर्ब रुपैयाँ अनुमान गरिएको आयोजनामा सिटिजन्स र माछापुच्छ्रे बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन्।

प्रवद्र्धकको १० प्रतिशत लगानी रहेको यस आयोजनामा बाँकी २० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गरेर पूँजी संकलन गरिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया