Nepal Life

२५ वर्षमा नेपाल लाइफ: बीमा बजारमा अग्रणी कम्पनी, सरकारलाई अर्बौंको कर भुक्तानी, हरेक सूचकमा अब्बल

RBB
  • प्रभात कुइकेल
  • 2025 May Sun 13:17
२५ वर्षमा नेपाल लाइफ: बीमा बजारमा अग्रणी कम्पनी, सरकारलाई अर्बौंको कर भुक्तानी, हरेक सूचकमा अब्बल
Shikhar detail

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २४ औं वर्ष पूरा गरी २५औं वर्षमा प्रवेश गरेको छ । विदेशी बीमा कम्पनीको दबदबा रहेको नेपालको बीमाबजारमा स्वेदशी लगानीमा खुलेको जीवन बीमा कम्पनी 'नेपाल लाइफ इन्स्योरेन्स' विगत १५ वर्षदेखि सम्पूर्ण सूचकमा 'नम्बर वान' छ।

NIMB

२०५८ साल बैसाख २१ गते जीवन बीमा व्यवसाय सुरु गरेको नेपाल लाइफ इन्स्योरेन्स आज बैशाख २१ बाट २५ वर्षमा प्रवेश गरेको हो। अर्थात् नेपाल लाइफ २५ वर्षको परिपक्व युवा बनेको छ। शक्तिशाली नेपाल लाइफ फराकिलो आकाशमा उडान गरिरहेको छ, आफूलाई अझै अब्बल र सशक्त बनाउँदै छ।

२५ वर्षको दौरानमा नेपाल लाइफले ३३ लाख वटा भन्दा धेरै पोलिसी जारी गरिसकेको छ। उक्त पोलिसी जारी गरेर कम्पनीले साढे २ खर्ब रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले अहिलेसम्म मृत्यु दाबी तथा पोलिसी परिपक्व भए बापत ८० अर्ब रुपैयाँ भन्दा धेरै दाबी भुक्तानी गरिसकेको छ ।

साढे दुई दशकको अवधिमा ५० हजार भन्दा धेरै पोलिसी परिपक्व भइसकेका छन् । नेपालको बीमा व्यवसायमा यो एउटा 'माइलस्टोन' हो। नेपाल लाइफले जीवन बीमाको एउटा साइकल पुरा गर्दै अनुभवबाट पनि उत्तीकै खारिएको छ ।

आक्रामक रूपमा व्यवसाय विस्तार गर्दै आएको नेपाल लाइफको जीवन बीमा कोष २ खर्ब ३० रूपैयाँ पुगिसकेको छ। कम्पनीले विभिन्न क्षेत्रमा २ खर्ब रुपैयाँ भन्दा माथिको लगानी गर्न सफल भएको छ। बिमितसँगै कम्पनीका सेयरधनीले पनि यस अवधिमा आकर्षक लाभांश प्राप्त गरिसकेका छन्।

कम्पनीले नाफाबाट ५ अर्ब ९८ करोड रूपैयाँ बोनस सेयर प्रदान गरेको छ। त्यस्तै नगद लाभांश ६ अर्ब ३७ करोड रूपैयाँ दिइसकेको छ। नगद र बोनस सेयरसहित सेयरधनीहरूको हातमा १२ अर्ब ५५ करोड रूपैयाँको लाभांश पुगिसकेको छ। साढे दुई दशकमा कम्पनीका हरेक सूचक 'नम्बर वान पोजिसन' मा छन्।

नेपाल लाइफले शेयरधनी तथा बीमित मात्रै नभएर सरकारलाई पनि सर्वाधिक धेरै कर बुझाउदै आइरहेको छ। नेपाल लाइफले स्थापनाकालदेखि अहिलेसम्ममा ११ अर्ब १३ करोड रुपैयाँ कर भुक्तानी गर्दै मुलुकको समृद्धिमा साथ सहयोग पुर्याउदै आएको छ। नेपाल लाइफ बैंक तथा वित्तीय संस्थाको तर्फबाट गएको आर्थिक वर्षमा सर्वाधिक धेरै कर बुझाउने कम्पनी बन्न सफल भएको थियो। 

कम्पनीले पहिलो दशकभन्दा दोस्रो दशकमा आफूलाई आक्रमक रूपमा अगाडि बढाउन सफल भयो। दोस्रो दशकको सुरुवाति केहि वर्ष बैंकलाई आर्थिक मन्दी तथा नियामकीय व्यवस्थामा आएका परिवर्तनले केहि असर परेको जस्तो देखिए पनि बृद्धिदरले पुनः निरन्तरता पाउन थालिसकेको छ।  

कम्पनी स्थापनापछि पहिलो र दोस्रो प्रमुख कार्यकारी अधिकृत भारतबाट ल्याइएको थियो। कम्पनीका पहिलो प्रमुख कार्यकारी अधिकृत जिएस पांती हुन्। दोस्रो प्रमुख कार्यकारी अधिकृत पनि भारतकै बिसी शर्मा थिए। तेस्रो सिइओ रमेशकुमार भट्टराई भए। मनोजकुमार भट्टराईसहित चार जनाले पहिलो एक दशक कम्पनीको नेतृत्व सम्हालेका थिए। दोस्रो दशकको ८ वर्ष विवेक झा एक्लैले कम्पनीलाई अगाडी बढाए । त्यस पछिको केहि समय कम्पनीले सन्तोष प्रसाइलाई नेतृत्व सुम्पियो ।

२०७९ असार अन्तिममा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका प्रविणरमण पराजुलीले केहि समय बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरे । उनको नेतृत्वमा कम्पनी नयाँ चरणमा प्रवेश गरेको छ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आजका दिनमा मार्केट लिडर हो। नेपालमा बैंकिङ क्षेत्रमा मात्रै करिअर छ भन्ने भाष्यलाई नेपाल लाइफले धेरै हदसम्म चिर्दै बीमामा करिअर देखाउन काममा अग्रणी भुमिका निर्वाह गरेको छ । 

अर्को तर्फ नेपाल लाइफले बीमा अभिकर्ताका क्षेत्रमा पनि नयाँ नयाँ अभ्यासहरु गर्दै आइरहेको छ। बीमा कम्पनीको 'फ्रन्ट लाइन'मा अभिकर्ता हुन्छन्। ती अभिकर्तालाई फिल्डमा जान अभिप्रेरित गर्ने काम कर्मचारीले गरिरहेका हुन्छन्। यी दुई पक्षको 'बन्डिङ रिलेन्सन'ले नै कम्पनीलाई नयाँ उचाई दिलाउन सहयोग गर्दछ।

नेपाल लाइफले पछिल्लो एक दशकमा आफुलाई सबैभन्दा आक्रामक रुपमा अगाडी बढायो । एक दशक अगाडी नेपाल लाइफको व्यवसाय ५३ करोड रूपैयाँको थियो। दोस्रो नम्बरमा रहेको कम्पनीको ५० करोड रूपैयाँ थियो। अरु कम्पनीसँग प्रतिस्पर्धा गर्ने हो भने पहिलो र दोस्रोबीचको अन्तर ठूलो हुनुपर्छ भनेर कम्पनीले रणनीतिक रुपमा अगाडी बढाएकै कारण आजका दिनमा नेपाल लाइफ र दोस्रो नम्बरमा रहेका अन्य कम्पनीहरु विचमा ठुलो अन्तर रहदै आएको छ।

नियामकीय परिवर्तनले जीवन बीमा व्यवसायमा पारेका विभिन्न असरहरुका बाबजुद पनि नेपाल लाइफले आफुलाई ट्र्याकमै अगाडी बढाइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बताए। बीमा क्षेत्रकै अग्रणी संस्थाका रुपमा नेपाल लाइफले गर्नु पर्ने सम्पुर्ण कामलाई सक्रियताका साथ पुरा गरिरहेको उनले दाबी गरे।

बजार हिस्सामा छलाङ मार्ने क्रममा अन्य कम्पनीको व्यवसाय खोस्ने वा अरुले खाइरहेको केक भाग लगाउने भन्दा आफैँले बजार बनाउने योजनामा नेपाल लाइफ अगाडि बढ्यो। न्यून जनसंख्यामा बीमाको पहुँच रहेको सन्दर्भमा नेपाल लाइफले यसैलाई अवसरको रूपमा लियो र खाली बजारमै आफ्नो हिस्सा ओगट्दै गयो। यही स्वस्थ प्रतिस्पर्धाले कम्पनीलाई दीर्घकालीन सुधारको बाटोमा डोर्‍यायो।

बजारमा आफ्नो उपस्थिति देखाउन नेपाल लाइफले मिडियालाई सहयात्रीको रूपमा लियो। जसले गर्दा कम्पनीले बजारमा आफ्नै छुट्टै ब्रान्ड बनाउन सफल भयो। कुनै पनि कम्पनी सफल हुन आफ्नो नामले चिनिनु पर्छ । नयाँ प्रविधिलाई आत्मसाथ गर्न खप्पिस नेपाल लाइफले आफुलाई डिजिटलाइजेसनमा पनि उत्तीकै अगाडी बढाएको छ। नेपाल लाइफका हरेक सुविधाहरु आजका दिनमा डिजिटलाइज छन्।

एफपिओमार्फत कम्पनीले सर्वसाधारणालाई सेयरधनी बनायो। एफपिओमा राखेको रेकर्डले पनि कम्पनीप्रति आम मानिसको विश्वास अझ बढ्दै गयो। नेपाल लाइफले सबैभन्दा ठुलो छलाङ त्यो समयमा गरेकफो छ जतिवेला नेपाल बीमा प्राधिकरणले बजारमा एकै पटक नयाँ १० वटा जीवन बीमा कम्पनीलाई लाइसेन्स दियो। जतिवेला नेपाल लाइफको वृद्धिदर ७० प्रतिशतसम्म रह्यो।

कुनै एउटा पोजिसनमा पुग्नका लागि निरन्तरको मेहनत चाहिन्छ। यो पनि धेरै गाह्रो काम हो। तर एउटा पोजिसनमा पुगिसकेपछि त्यसलाई कायम गरिराख्नु झन् ठूलो चुनौतीको काम हो। पहिले फस्ट मुभर एडभान्टेज भनिन्थ्यो, अब त्यो छैन, हरेक दिन अगाडि बढ्नुपर्छ। बजारमा प्रतिस्पर्धी कम्पनीहरुले आ-आफ्नै हिसावले रणनीति बनाइरहेका हुन्छन्। अन्य कम्पनीरुका रणनीतिले पनि उछिन्न नसक्ने गरी अगाडी बढ्नु पर्ने चुनौती नेपाल लाइफ माझ छ।

बीमाको पहुँच अभिबृद्धिमा नेपाल लाइफको योगदान

नेपाल लाइफले २४ वर्षको यात्रा तय गरिसकेको छ। ३७ लाखभन्दा धेरै बिमितलाई बीमा सेवा प्रदान गरिसकेको छ। ३० लाख बिमितको माइन्डमा आज कम्पनी सेट भएको छ। विद्यमान अवस्थामा बीमाको पहुँच ४४.१७ प्रतिशत जनतासामु पुगिसकेको छ। जस मध्ये सावधिक जीवन बीमा खरिद गर्ने नेपाली केवल १६.६ प्रतिशत मात्रै छ । अर्थात नेपालमा बीमाको बजार अझै पनि ठुलो छ। म्यादी जीवन बीमा १९.७ प्रतिशत र वैदेशिक रोजगार बीमालेख खरिद गर्ने जनसंख्या ७.९ प्रतिशत छ। आजका दिनमा नेपाल लाइफ एक्लैले ११ प्रतिशत जनसंख्याको बीमा गराएको छ। बहुसंख्यक नेपालीहरु माझ पुग्न सफल नेपाल लाइफकै लागि आफ्नो दायरा बढाने प्रसस्त अवसर र स्पेस छ।  

नेपाल लाइफ दाबी भुक्तानीमा सबैभन्दा अगाडी रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बताए। उनले भने 'हामीले गएको वर्ष कम्पनीमा परेको दाबीको ९९ प्रतिशत भुक्तानी गरेका थियौ।' यो सफलता नेपालमा मात्रै नभएर दक्षिण एशियामै सर्वाधिक राम्रो हो।

कम्पनीले जोखिम व्यवस्थापनलाई न्युनिकरण गर्न डिजिटलाइजेसनलाई उत्तीकै प्राथमिकता दिदै आएको पराजुलीले जानकारी दिए। उनले भने 'हामीले कम्पनीलाई रणनीतिक रुपमा अगाडी बढाइरहेका छौ। लगानीलाई विविधिकरण गर्नेदेखि लिएर बीमित तथा शेयरधनीलाई धेरै भन्दा धेरै प्रतिफल प्रदान गर्नेगरी काम गरिरहेका छौ।'

कम्पनीले आजका दिनसम्ममा हासिल गरेका उपलब्धीहरुलाई संस्थागत गर्दै आगामी दिनमा पनि यहि गतिमा अगाडी बढाउने र कम्पनीको हिस्सालाई कम हुन नदिने गरी रणनीतिक रुपमा अगाडी बढाउने काममा पछिल्लो तीन वर्ष सबैभन्दा बढि लागिएको सिइओ पराजुलीले जानकारी दिए। नेपाल लाइफले यस वर्ष विगतका सबै रेकर्ड तोड्ने हिसावले काम गरिरहेको छ। त्यसमा पनि दिगो र अर्गानिक ग्रोथलाई आत्मसाथ गरिएको छ। कम्पनीले २५ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा निष्क्रिय तथा व्यतित बीमालेखलाई नविकरणका लागि विशेष छुटको अफर पनि सार्वजनिक गरेको छ। कम्पनीले यति धेरै छुट अहिलेसम्म पनि दिएको थिएन।

कम्पनीको इल्ड हेर्ने हो भने १० प्रतिशत भन्दा माथि छ। कम्पनीले पछिल्लो समयको आर्थिक मन्दी तथा घरजग्गामा आएको सुस्ततालाई अवसरको रुपमा हेर्दै घरजग्गामा पनि आक्रामक रुपमा लगानी गरिरहेको छ। यसले बीमितको रकमलाई थप सुरक्षित बनाउने पराजुली बताउछन्। लगानीलाई थप व्यवस्थित गर्न लगानी कम्पनी खोल्नुका साथै लगानीलाई विविधिकरण गरिरहेको छ। कम्पनीले आजका दिनमा मात्रै नभएर भोलिका दिनलाई पनि हेरेर काम गरिरहेको हुँदा बीमितको रकमलाई सुरक्षित बनाउने काम भइरहेको उनले बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया