Nepal Life

लघु निर्जीवन बीमा कम्पनी व्यवसाय विस्तारमा आक्रामक, नेपाल माइक्रो सर्वाधिक अगाडी, तीन वटा पछ्याउदै

NMB Bank
  • BFIS News
  • 2025 May 04 16:21
लघु निर्जीवन बीमा कम्पनी व्यवसाय विस्तारमा आक्रामक, नेपाल माइक्रो सर्वाधिक अगाडी, तीन वटा पछ्याउदै
National Life

काठमाडौं । लघु निर्जीवन बीमा कम्पनी लघु बीमा व्यवसायमा सर्वाधिक आक्रामक देखिएका छन् । कम्पनीहरुले स्थापनाको छोटो अवधिमै आफुलाई बजारमा स्थापित गराउन सफल भएका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा लघु निर्जीवन बीमा कम्पनीहरुले ३४२ प्रतिशतले व्यवसाय बढाउदै कुल ६८ करोड ६७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

Shikhar
NIMB

लघु निर्जीवन बीमा कम्पनीहरु मध्ये नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै १९ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा कम्पनीले ६ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको थियो। कम्पनीले समिक्षा अवधिमा १९२ प्रतिशतले व्यवसाय बढाउन सफल भएको छ।

दोस्रो नमस्बरमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले १७ करोड ५७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा कम्पनीले ४ करोड ९८ लाख रुपैयाँ आर्जन गरेको थियो। समिक्षा अवधिमा कम्पनीले २५२ प्रतिशतले व्यवसाय बृद्धि गरेको छ।

तेस्रो स्थानमा रहेको स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले १६ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा कम्पनीले ३ करोड ३८ लाख रुपैयाँ आर्जन गरेको थियो। कम्पनीले यस अवधिमा ३९६ प्रतिशतले सुधार गरेको छ।

चौथो नम्बरमा रहेको ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी यस वर्ष भने बजार विस्तारमा अगाडी बढेको छ। गएको वर्ष खासै व्यवसाय आर्जन गर्न नसकेको कम्पनीले यस वर्ष भने १५ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ।

नेपाल बीमा प्राधिकरणले न्यम्न आय भएका तथा ठुला बीमा कम्पनीहरुको दायरामा पर्न नसकेका वर्गलाई समेट्ने उद्देश्यका साथ दुई वर्ष अगाडी ४ वटा निर्जीवन लघु बीमा कम्पनी र तीन वटा लघु जीवन बीमा कम्पनीहरुलाई लाइसेन्स प्रदान गरेको थियो। प्राथमिक शेयर निष्काशन अगाडी यि कम्पनीको चुक्ता पूँजी साढे ५२ करोड र आइपिओ निष्काशन पश्चात ७५ करोड रहेको छ। कम्पनीहरुले पूँजी बराबर व्यवसाय गर्न नसके पनि यहि गतिमा अगाडी बढ्ने हो भने यि कम्पनीहरुले पूँजी भन्दा धेरै माथि व्यवसाय गर्न सक्ने लक्षण देखाएका छन्।   

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया