क्लोजअप द्वारा भ्याइस अफ नेपालका विजेतालाई १ लाखको पुरस्कार प्रदान
- BFIS News
- 2025 May Sun 18:05
काठमाडौं, वैशाख १९ गते। भ्वाइस अफ नेपाल सिजन ६ को ग्राण्ड फिनाले भव्यतापूर्वक सम्पन्न भएको छ । यस वर्षको उत्कृष्ट चार प्रतिस्पर्धी –रोशन राई, प्रोशेश पाण्डे, प्रमेश राई र अर्पणा आचार्य मध्ये प्रोशेष पाण्डेले विजेताको उपाधि जितेका छन् ।
यस सिजनको शीर्ष प्रायोजक क्लोजअप ले विजेता प्रोशेश पाण्डेलाई रु. १ लाखको नगद पुरस्कार प्रदान गर्याो । सो पुरस्कार युनिलिभर नेपालका कानून प्रमुख तथा कम्पनी सचिब गोविन्द शाहीद्वारा प्रदान गरिएको थियो ।
क्लोजअप ले सधैं संगीत र आत्मविश्वासको आत्माको साथ आफूलाई जोड्दै आएको छ । ताजगी र नजिकिने आत्मबल मार्फत् मानिसहरूलाई जोड्ने ब्रान्डको मान्यतासँग मेल खाने गरी, क्लोजअप को यो साझेदारी केवल ब्रान्ड प्रबर्द्धन मात्र नभई युवा प्रतिभालाई अभिव्यक्तिका लागि प्रोत्साहित गर्ने उत्सव थियो ।
क्लोजअप ले सधैं आत्म–अभिव्यक्ति र ताजगीको विश्वासमा अडिग रही मानिसहरूलाई एक–अर्कासँग नजिक ल्याउने प्रयास गर्दै आएको छ । भ्वाइस अफ नेपाल जस्तो प्लेटफर्मसँगको सहकार्यले हामीलाई नयाँ प्रतिभालाई उजागर गर्न र सम्पूर्ण दर्शकसँग जोडिन सघाएको छ,” क्लोजअप का प्रतिनिधिले बताए ।
सिजन ६ को समापनसँगै क्लोजअप ले पुनः आफ्नो प्रतिबद्धता दोहो¥याएको छ — आत्मविश्वास, ताजगी र सँगसँगै रहने क्षणहरूलाई मनाउन तथा भविष्यका कलाकारलाई साथ दिन ।
प्रतिक्रिया