नेपाल माइक्रो इन्स्योरेन्सले डाक्यो दोस्रो वार्षिक साधारणसभा, लगानीकर्ताबाट २ सञ्चालकको निर्वाचन गर्ने
- BFIS News
- 2025 May Mon 11:19

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएमआईसी) ले दोस्रो वार्षिक साधारणसभा डाेकेको छ कम्पनीले आगामी जेठ १६ गते साधारणसभा गर्ने भएको छ। उक्त सभा भरतपुर गार्डेन रिसोर्ट, भरतपुर, चितवनमा बिहान ११:०० बजे सुरु हुनेछ।
कम्पनीले आइपिओ निष्काशन पश्चात कायम शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ। आगामी वार्षिक साधारणसभाका एजेण्डाहरू निम्न रहेका छन्:
१) कम्पनीको वार्षिक प्रतिवेदन स्वीकृत गर्ने।
२) आर्थिक वर्ष २०८०/८१ को अडिटरको प्रतिवेदन, नाफा नोक्सान विवरण, वित्तीय विवरण तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने।
३) आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र उनीहरूको पारिश्रमिक निर्धारण गर्ने।
४) सार्वजनिक सेयरधनी समूहबाट २ जना सञ्चालक निर्वाचित गर्ने।
५) भत्ता, यात्राभत्ता तथा अन्य सेवाहरू निर्धारण गर्ने।
६) विविध।
कम्पनीले जेठ ८ गतेलाई बुक क्लोज मिति तोकेको छ। सो मितिभन्दा पहिले नाम दर्ता गरेका सेयरधनीहरूले मात्र साधारणसभामा सहभागी हुन पाउनेछन्।
प्रतिक्रिया