Nepal Life

आरएसडीसी लघुवित्त र नेपाल हाइड्रो डेभलपर्सका बोनस शेयर नेप्सेमा सूचीकरण

NMB Bank
  • BFIS News
  • 2025 May 05 15:47
आरएसडीसी लघुवित्त र नेपाल हाइड्रो डेभलपर्सका बोनस शेयर नेप्सेमा सूचीकरण
National Life

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) का ८,९७,१३३.५२ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण भएका छन्।

Shikhar
NIMB

संस्थाले आफ्नो ११औं वार्षिक साधारणसभा २०८१ पुष २९ गते सम्पन्न गर्दै आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। कात्तिक १ गते सम्पन्न सञ्चालक समितिको १६१औं बैठकले ९.५ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार जारी पूँजी ९४.४३ करोड रुपैयाँको आधारमा वितरण गरिएका बोनस शेयरहरू हाल नेप्सेमा सूचीकरण भएका हुन्।

हाल लेख्दासम्म आरएसडीसीको अन्तिम कारोबार मूल्य (एलटीपी) ६५३.८० रुपैयाँ रहेको छ।

यसैगरी, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड (NHDL) का २,८७,५५३.०८ कित्ता बोनस शेयर पनि नेप्सेमा सूचीकरण भएका छन्।

कम्पनीले आफ्नो १८औं वार्षिक साधारणसभा २०८१ पुष २५ गते सम्पन्न गर्दै ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) पारित गरेको थियो। ३५.९४ करोड रुपैयाँ चुक्ता पूँजीको आधारमा बाँडिएको बोनस शेयरको मूल्य २.८७ करोड रुपैयाँ र नगद लाभांश १५.१३ लाख रुपैयाँ बराबरको रहेको थियो।

हाल लेख्दासम्म एनएचडीएलको अन्तिम कारोबार मूल्य ७२४ रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया