Nepal Life

हिमालयन रिइन्स्योरेन्स कम्पनीको लाभांश घोषणा, ४.५ प्रतिशत बोनस शेयर दिने

NMB Bank
  • BFIS News
  • 2025 May 06 11:09
हिमालयन रिइन्स्योरेन्स कम्पनीको लाभांश घोषणा, ४.५ प्रतिशत बोनस शेयर दिने
National Life

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट ४.७५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समिति बैठकले ४.५० प्रतिशत बोनस सेयर र  कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । 

Shikhar
NIMB

उक्त लाभांश नियामक बिमा प्राधिकरण र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् । कम्पनीले २०७९/८० को नाफाबाट ४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो । दोस्रो बजारमा कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने चर्चाले शेयर मूल्य बढिरहेको छ।

कम्पनीले प्रिमियममा आइपिओ जारी गर्दा आर्जन गरेको प्रिमियमलाई भने लाभांशमा प्रयोग गरेको छैन।  कम्पनीले प्रिमियममा शेयर निष्काशन गरेको विरुद्धमा अदालतमा रिट परेको छ। यसले गर्दा पनि कम्पनीले उक्त रकमलाई जगेडामै सञ्चित गरेर राखेको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया