NIMB Header 2
Nepal Life

गभर्नर नियुक्तिको समस्या प्रधानमन्त्रीका कारण आएको होइनः सभापति देउवा

National Life
  • BFIS News
  • 2025 May 06 21:49
गभर्नर नियुक्तिको समस्या प्रधानमन्त्रीका कारण आएको होइनः सभापति देउवा
Sanima Reliance

काठमाडौँ, वैशाख २३ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राष्ट्र बैँकको गभर्नर नियुक्तिमा समस्या नभएको स्पष्ट पारेका छन् ।

Shikhar
NIMB

मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्। 

राष्ट्र बैँकभित्रकै समस्याको कारण गभर्नर नियुक्तिमा ढिलाई भएको उनको भनाइ छ । उनले प्रधानमन्त्री ओली गभर्नर कांग्रेसलाई दिने पक्षमा रहेको समेत बताए । उनले सत्ता गठबन्धमा समेत कुनै समस्या नभएको दाबी गरेका छन्।  उनले प्रधानमन्त्री ओली गठबन्धनभित्र कुनै समस्या सिर्जना नगरेको कारण गठबन्धमा समस्या नरेहको बताए । उनले वर्तमान निर्वाचन प्रणालीमा कुनै पनि पार्टीको एकल बहुमत आउन गाह्रो रहेको समेत बताउनुभयो ।

‘‘कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ । हाम्रो पार्टी सबैभन्दा ठुलो पार्टी छ तर बहुमत छैन । त्यसकारण कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने जरुरी छ । अहिले एमालेका नेता केपी ओलीसँग हाम्रो गठबन्धन छ । उनले गठबन्धमा कुनैपनि समस्या क्रिएट गर्नुभएको नि छैन ।,’’ सभापति देउवाले भने, ‘‘गठबन्धनमा कुनै समस्या छैन । राष्ट्र बैँकको गभर्नरको सम्बन्धमा उहाँले ल्याएको समस्या चाहीँ होइन । राष्ट्र बैँकभित्रै आएको समस्या हो । उहाँ गभर्नर कांग्रेसलाई दिने पक्षमै हुनुहुन्छ । उहाँले त्यसमा गाह्रो गर्नुभएको छैन । सहयोग नै गर्नुभएको छ ।’’

वर्तमान सरकारले विकास निर्माणका क्षेत्रमा निजी क्षेत्रलाई समेतसँगै लैजाने नीतिअनुरूप अध्यादेशमार्फत ऐन निर्माण गरेको सभापति देउवाको दाबी छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया