Nepal Life

बोटलर्स नेपालका दुवै कम्पनीको नाफा घट्यो, तर जगेडा कोषमा अरबौं रुपैयाँ जम्मा

NMB Bank
  • BFIS News
  • 2025 May 08 10:48
बोटलर्स नेपालका दुवै कम्पनीको नाफा घट्यो, तर जगेडा कोषमा अरबौं रुपैयाँ जम्मा
National Life

काठमाडौं । बोटलर्स नेपालका दुबै कम्पनी बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। विवरणअनुसार दुबै कम्पनीको नाफा गत वर्षको तुलनामा उल्लेख्य रूपमा घटेको छ, तर जगेडा कोषमा भने अरबौं रुपैयाँ जम्मा भएको देखिन्छ।

Shikhar
NIMB

बोटलर्स नेपाल (तराई):

कम्पनीले हालसम्मको ९ महिनामा ८ करोड ७ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ६९.१० प्रतिशतले घटेको हो। गत वर्ष सोही अवधिमा कम्पनीले २६ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो।

आम्दानी पनि घटेर ५ अर्ब ८१ करोड रुपैयाँबाट ४ अर्ब ९१ करोड रुपैयाँमा झरेको छ। त्यस्तै, वित्तीय खर्च २० करोड १२ लाख रुपैयाँबाट घटेर १३ करोड ९६ लाख रुपैयाँमा झरेको छ।

कम्पनीको हालको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ भने यसको जगेडा कोषमा ४ अर्ब ११ करोड रुपैयाँ जम्मा छ। गत वर्ष जगेडा कोष ३ अर्ब ९८ करोड रुपैयाँ थियो। यसको इपिएस (EPS) ८९ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ३ हजार ४९७ रुपैयाँ पुगेको छ।

बोटलर्स नेपाल (बालाजु):

यस कम्पनीले ९ महिनामा १ करोड ५९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ७३.३१ प्रतिशतले कम हो। गत वर्ष यसले ५ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको आम्दानी ७ अर्ब १८ करोड रुपैयाँबाट घटेर ७ अर्ब ७ करोड रुपैयाँमा सीमित भएको छ। यस्तै, वित्तीय खर्च २३ करोड ३३ लाख रुपैयाँबाट घटेर १६ करोड २४ लाख रुपैयाँमा आएको छ।

हाल कम्पनीको चुक्ता पुँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ अर्ब ५ करोड ४५ लाख रुपैयाँ जम्मा छ। गत वर्ष यो कोषमा ५ अर्ब ७० करोड रुपैयाँ थियो। कम्पनीको इपिएस ६ रुपैयाँ रहेको छ र प्रतिसेयर नेटवर्थ ३ हजार ४१२ रुपैयाँ छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया