NIMB Header 2
Nepal Life

एसियन थाई फुड्सले कपिलवस्तुमा दोस्रो उत्पादन युनिट सञ्चालनमा ल्यायो, नयाँ रोजगारी र औद्योगिक विकासको योगदान

Muktinath Bank
  • BFIS News
  • 2025 May 08 13:21
एसियन थाई फुड्सले कपिलवस्तुमा दोस्रो उत्पादन युनिट सञ्चालनमा ल्यायो, नयाँ रोजगारी र औद्योगिक विकासको योगदान
Everest Bank


काठमाडौँ । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई फुड्स प्रा.लि.ले आफ्नो दोस्रो उत्पादन युनिट लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरी, रामनगरमा सञ्चालनमा ल्याएको छ।

Shikhar
NIMB

बुधवार एक विशेष समारोहचि जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्सका प्रबन्ध निर्देशक महेश जाजुले वैदिक विधिअनुसार पूजा गर्दै नयाँ युनिटको औपचारिक शुभारम्भ गरेका हुन्।

उद्योगको पहिलो युनिट मोरङको विराटनगरमा दुई दशकअघि स्थापना गरिएको थियो। सोही अनुभवका आधारमा कम्पनीले कपिलवस्तुमा आफ्नो दोस्रो उत्पादन केन्द्र स्थापना गरेको हो।

यस नयाँ युनिटबाट पनि कम्पनीका लोकप्रिय ब्रान्डहरू—‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’—सहित केही नयाँ चाउचाउ ब्रान्डहरूको उत्पादन सुरु गरिने जानकारी दिइएको छ। कम्पनीले यी उत्पादनहरू भारत लगायत तेस्रो मुलुकहरूमा निर्यात गर्दै आएको छ।

करिब अढाई बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगमा सुरुवाती चरणमा चाउचाउ उत्पादन गरिनेछ भने क्रमशः अन्य स्न्याक्स उत्पादन लाइनसमेत थपिने योजना छ। यस युनिटले लुम्बिनी प्रदेशमा रोजगारी तथा औद्योगिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया