Nepal Life

एसियन लाइफ इन्स्योरेन्सले पायो ४२ प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति, चुक्ता पूँजी ४ अर्ब ८१ करोड पुग्ने

RBB
  • BFIS News
  • 2025 May Fri 20:29
एसियन लाइफ इन्स्योरेन्सले पायो ४२ प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति, चुक्ता पूँजी ४ अर्ब ८१ करोड पुग्ने
Shikhar detail

काठमाडौं, बैशाख २६ गते। एसियन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीले बोर्डमा चुक्ता पुँजीको ४२ प्रतिशत हकप्रद निष्काशन गर्न आवेदन दिएको थियो ।

NIMB

एसियन लाइफको ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ४ सय रुपैयाँ चुक्ता पुँजी रहेको छ । कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३२ हजार २ सय ४८ रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार ३ सय १२ दशमलब ४८ कित्ता १ सय रुपैयाँ अकित मूल्यको हकप्रद शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेका छन् । हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ८१ करोड पुग्नेछ। कम्पनीलले बाँकी पूँजी बोनस शेयर दिएर जुटाउन सक्नेछ। 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया