NIMB Header 2
Nepal Life

भारत–पाकिस्तान तनावबीच पाकिस्तानस्थित नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेको परराष्ट्र मन्त्रालयको भनाइ

Muktinath Bank
  • BFIS News
  • 2025 May 09 22:18
भारत–पाकिस्तान तनावबीच पाकिस्तानस्थित नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेको परराष्ट्र मन्त्रालयको भनाइ
Everest Bank

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनावका बीच नेपाल सरकारले पाकिस्तानमा रहेका नेपाली नागरिकहरू, विशेष गरी विद्यार्थीहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ।

Shikhar
NIMB

शुक्रबार सार्वजनिक विज्ञप्तिमा परराष्ट्र मन्त्रालयले भारत–पाकिस्तानबीचको तनावको पृष्ठभूमिमा पाकिस्तानस्थित नेपालीहरूको सुरक्षाप्रति सरकार पूर्ण सतर्क रहेको स्पष्ट पारेको छ।

मन्त्रालयले आपतकालीन अवस्थामा सहायता आवश्यक परेमा इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ। दूतावासका तृतीय सचिव वृन्दा सुवेदी खड्कालाई +92 331 3293119 र अर्सलान मेहमुदलाई +92 340 5177421 नम्बरमा सम्पर्क गर्न सकिनेछ। साथै, दूतावासलाई [[email protected]] इमेलमार्फत पनि सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ।

गत वैशाख १० गते (अप्रिल २२) भारतको जम्मु–कश्मीरस्थित पहलगाममा भएको आक्रमणमा २६ जना पर्यटकको ज्यान गएको थियो, जसमा एक नेपाली नागरिक पनि परेका थिए। सो घटनाको प्रतिशोधमा भारतले बुधबार राति पाकिस्तानका नौवटा "आतङ्कवादी संरचना" मा हवाई आक्रमण गरेको जनाएको छ।

प्रतिक्रिया स्वरूप पाकिस्तानले मिसाइल प्रहार गर्दै भारतको आक्रमणको जवाफ दिने चेतावनी दिएको छ।

नेपालले यस क्षेत्रीय तनावको समाधानका लागि शान्तिपूर्ण संवाद र तनाव न्यूनीकरणको आह्वान गर्दै आएको छ। बिहीबार मन्त्रालयले जारी गरेको अर्को विज्ञप्तिमा नेपालले "आतङ्कवादका सबै रूपको स्पष्ट विरोध" गर्ने आफ्नो अडान पुनः दोहोर्याएको थियो।

यसैबीच, प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले भारत–पाकिस्तानबीचको बढ्दो तनावलाई ध्यानमा राख्दै भारत र पाकिस्तानमा बसोबास गर्ने नेपालीहरूको सुरक्षामा सरकारको ध्यानाकर्षण गराएका छन्। उनले सम्भावित समस्यालाई समाधान गर्न सरकारले आवश्यक तयारी र सतर्कता अपनाउनुपर्ने बताएका छन्।

बैठकमा सांसदहरूले भारत–पाकिस्तान तनावको सम्भावित असर नेपालमा पनि पर्न सक्ने भन्दै सरकारलाई समयमै आवश्यक कदम चाल्न सुझाव दिएका थिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया