Nepal Life

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा ४० करोड नाघ्यो, जीवन बीमा कोषमा ६१ खर्ब, हेर्नुहोस् हरेक सूचकमा सुधार

NMB Bank
  • BFIS News
  • 2025 May 11 12:01
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा ४० करोड नाघ्यो, जीवन बीमा कोषमा ६१ खर्ब, हेर्नुहोस् हरेक सूचकमा सुधार
National Life

काठमाडौं, बैशाख २८ गते। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा ४० करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा ५.१९ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष सो अवधिमा कम्पनीले ३८ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो।

Shikhar
NIMB

कम्पनीको खुद बीमा शुल्क संकलन ११.४८ प्रतिशतले वृद्धि भई १४ अर्ब ७ करोड ९५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै लगानी तथा कर्जाबाट प्राप्त आम्दानी ५.९० प्रतिशत बढेर ४ अर्ब ३३ करोड १५ लाख रुपैयाँ पुगेको छ। आम्दानीमा देखिएको यो वृद्धिले नाफामा सकारात्मक प्रभाव पारेको कम्पनीले जनाएको छ।

हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ पुगेको छ भने रिटेन्ड अर्निङ्स (अवितरित नाफा) ८५ करोड ५१ लाख रुपैयाँ रहेको छ। चैत मसान्तसम्मको आधारमा कम्पनीको प्रति शेयर आम्दानी (EPS) १० रुपैयाँ ४९ पैसा र प्रति शेयर नेटवर्थ १३६ रुपैयाँ ४७ पैसा रहेको छ।

वित्तीय विवरणको संक्षिप्त व्याख्या

चुक्ता पुँजी: अघिल्लो वर्षको अन्त्यमा ५०.११ करोड रुपैयाँबाट ४% वृद्धि भई ५२.१२ करोड रुपैयाँ पुगेको छ।

रिटेन्ड अर्निङ्स: ३०.३७% ले घटेर ८५.५१ करोड रुपैयाँमा झरेको छ, जुन लाभांश वितरण वा अन्य खर्चका कारण हुन सक्छ।

बीमा दाबी उत्तरदायित्व: १२.४०% वृद्धि भई ८ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ, जुन बीमाले भविष्यमा भुक्तानी गर्नुपर्ने दाबीहरू हुन्।

लगानी रकम: ७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ, जुन ४.२३% वृद्धि हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया