Nepal Life

शिखर इन्स्योरेन्समा विजय दाहालको 'ग्राउण्डदेखि शिखरसम्म' २० वर्षको समर्पण सँगै ब्याकबोन बन्न सफल

Muktinath Bank
  • अरुण सापकोटा
  • 2025 May Sun 22:14
शिखर इन्स्योरेन्समा विजय दाहालको 'ग्राउण्डदेखि शिखरसम्म' २० वर्षको समर्पण सँगै ब्याकबोन बन्न सफल
RBB

काठमाडौं । शिखर इन्स्योरेन्सका संस्थापकहरु विच कम्पनी स्थापना हुनु भन्दा अगाडी नै उच्च व्यवस्थापन तहमा बाहेक अन्य कुनै पनि पदमा अरु कम्पनीबाट कर्मचारी नतान्ने सहमति जुट्यो । यसका लागि फ्रेसरलाई आफैले 'ग्रुम' गर्ने ।

NIMB

यसै क्रममा शिखरले बीमाको तालिमका लागि भर्खरै पढ्दै गरेका विद्यार्थीहरुलाई लक्षित गर्दै तालिमको लागि आह्वान गर्यो । पिपुल्स क्याम्पसमा स्नातक तहको अन्तिम वर्षमा अध्ययन गर्दै गरेका विजय दाहाललाई बुबा भोजराज शर्माले बीमाको तालिम खुलेको छ जानु भनिदिए । बुबा भोजराज शर्मा बीमा बीमा विज्ञ हुन् ।

यसरी बुबाको समान्य जानकारी पछि तालिम लिन गएका दाहाललाई शिखर इन्स्योरेन्स कम्पनी खोल्न लागिएको भन्नेबारेमा केहि पनि थाहा थिएन । तालिममा उनि जस्तै पढ्दै गरेका २५ जना थिए । बुबा बीमा क्षेत्रमा काम गर्ने भए पनि उनलाई बीमाको सामान्य जानकारी पनि थिएन । स्नातक पढ्दा 'बैंकिङ एण्ड इन्स्योरेन्स' भन्ने एउटा विषय हुन्थ्यो । त्यसमा अलि अलि पढेको बाहेक अरु केहि पनि थाहा थिएन । उनि अहिले पनि सम्झिन्छन् तालिम दिइरहेका उदित काफ्लेले 'बीमक' र 'बीमित' शब्द बारम्बार दोहोर्याउदा पनि यि दुई शब्दलाई छुट्याउन समेत गाह्रो पर्थो ।

तालिम पश्चात प्रमाणपत्र लिएर उनि घरमै बसिरहेका थिए । यतिकैमा उनलाई प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेको फोन आयो 'शिखर इन्स्योरेन्स कम्पनी खुल्दैछ काम गर्न इच्छुक छौ भने आउनु ।'

यसरी प्रमुख कार्यकारी अधिकृतकै फोन आए पछि उनि काम गर्न राजी भए । जतिवेला शिखर इन्स्योरेन्सले बानेश्वरमा भर्खरै एउटा स्पेस लिएर काम सुरु गर्ने तरखर गर्दै थियो । यस पछि 'अन दि जव ट्रनिङ' सुरु भयो । जति बेला कम्पनीको औपचारिक उद्घाटन हुन बाँकी थियो । कहि समयको तालिम पश्चात कम्पनीले निर्जीवन बीमा व्यवसायको शुभारम्भ गर्यो ।

व्यवसाय शुभारम्भ भए पनि कसले के हेर्ने भनेर ठ्याक्कै तोकिएको थिएन । उनि भन्छन् 'जे काम परिआउछ सबै गर्दै जाने अवस्था थियो ।' काम बढ्दै गए पछि उनले दाबी र पुनर्बीमा विभागमा जिम्मेवारी पाए ।

तत्कालिन समयमा स्रोत साधन एकदमै सिमित थियो, उनि भन्छन् 'कम्प्युटरको संख्या कम थियो । एउटाले काम सके पछि अर्कोले काम गर्नु पर्ने अवस्था थियो ।' स्नातक गरेको भर्खरको केटो, धेरै कुराको ज्ञान थिएन । यसले गर्दा उनका लागि शिखर इन्स्योरेन्स अफिस भन्दा पनि स्कुल जस्तै थियो । हरेक दिन काम भन्दा धेरै सिकाइ ।

उनि अहिले पनि सम्झिन्छन् 'दिप सर तथा काफ्ले सरले तिमि फलानो सँग क्लेम हेर्न जाउ है भने पछि सँगै जान्थ्यौं ।' छोटो समयमै एक अर्का विच यति राम्रो सम्बन्ध निर्माण भइसकेको थियो कि 'सबै जना एउटै परिवारका सदश्य' जस्तो ।

जो कोहि फिल्डमा गएर आउने वित्तीकै एक अर्काले सामुहिक रुपमा 'फिल्डमा भएका सबै कुराहरु बताउनु पर्थ्यो ।' यसले गर्दा धेरै कुराहरु सिक्ने मौका मिल्थ्यो, उनि भन्छन् 'शिखरमा सुरुवातिदिनदेखि नै फिल्डका कुरा र अनुभवहरु एक अर्कालाई शेयर गर्ने संस्कृति थियो ।'

उच्च व्यवस्थापन तहका सिनियर सरहरुले भनेको आधारमा सबै काम गर्नु पर्थ्यो । आफु सरहका साथिहरु कसै सँग पनि अन्य बीमा कम्पनीमा काम गरेको अनुभव थिएन । जसले गर्दा सुरुका केहि वर्षको अनुभव सबै सिकाइ थियो । बीमल सरले पुनर्बीमा सम्झौता कसरी पढ्ने, ट्रिटीमा के के हुनु पर्छ, पुनर्बीमा गर्दा कुन पक्षले कुन पक्षलाई प्रभाव पार्छ भन्ने कुराहरु सम्झौतामा लेखिएका एक एक अक्षर केलाएर बढेको र त्यसको अर्थ बुझाएको त्यो क्षणले नै आफुमा निखारता आएको उनि बताउछन् ।

उनि भन्छन् 'हामी सम्झौतामा लेखिएको कुरा मात्रै होइन त्यसको भाव केहो भन्ने कुरामा पनि छलफल गर्थ्यौ । जसले हामीलाई पुनर्बीमाको कुना कुना बुझ्ने अवसर मिल्यो ।' हिजोका दिनमा जानेका व्यक्ति सिमित थिए । सबै कुराहरु दिप सरलाई नै सोध्न जादा डर लाग्थ्यो । उनि सहितको ११ जनाको समुह यति धेरै भाग्यमानी समुह थियो जसलाई सुरुवाति दिनमा चिठ्ठी समेत कसरी लेख्ने भनेर सिकाइएको थियो । राष्ट्रिय बीमा संस्थानमा लामो अनुभव संगालेर आएकी सविता मास्केले ट्यारिफ कसरी हेर्नेदेखि लिएर मार्केटिङ सिकाइन् । वरिस्मा साउद आचार्यले एभिएसन तथा प्राविधिक विषयमा धेरै कुराहरु सिकाइन् ।

प्रारम्भिक दिनको अनुभव सुनाउदै उनि भन्छन् 'क्लेम नोट बनाउने फाइल बनाउनु पर्छ है भने पछि त्यहि गर्दै सिक्दै जाने मौका मिल्यो । पुनर्बीमालाई त्रैमाशिक रुपमा स्टेटमेन्ट बुझाउनु पर्छ भन्ने कुरा भए पछि ए यस्तो बनाउनु पर्नेरहेछ भन्ने लाग्थ्यो । हरेक दिन हिसाव बझाउनु पर्छ भने पछि त्यहि काम गर्न लागिन्थ्यो ।'

कतिपय अवस्थामा त ब्रोकरलाई बोलाएर सिकाउने काम हुन्थ्यो । उसले सिकाएका कुराहरुलाई पछ्याउदै अगाडी बढिन्थ्यो, उनले भने 'यसरी विस्तारै विस्तारै काम गर्दा गर्दै तरिकाहरु सिकियो । धेरै कुराहरुको ज्ञान हुँदै आयो ।'

सुरुवाति केहि वर्ष हरेक दिन विहानको पहिलो एक घण्टा तालिम हुन्थ्यो । उनि भन्छन् 'यस्तो तालिम दिप सर, काफ्ले सर, सविता म्यामले दिनुहुन्थ्यो । सविता म्याम आए पछि अझ परिस्कृत रुपमा तालिम हुन थाल्यो ।' सुरु सुरुका केहि वर्ष शनिवार/शनिवार आउने रिपोर्ट बुझाउने चलन थियो । आउट स्ट्याण्डिङ रिपोर्ट बुझाउनु पर्थ्यो ।

यसरी उनले काम नगरेको कुनै पनि विभाग छैन । एउटा विभागमा काम गरे पनि अर्को विभागका कुराहरु साटा साट गर्ने अभ्यासले सबै कुराको ज्ञान हुन्थ्यो । कम्पनीले सुरुवाति दिनदेखि नै मार्केटिङ विभागलाई जोड दियो । यसले गर्दा सुरुका केहि समय यस विभागमा कर्मचारी आउने जाने क्रम निकै चल्यो । पछि आफै एउटा यस्तो सेट बन्यो जसले कम्पनीलाई गति प्रदान गर्यो ।

२०३९ सालमा जन्मिएका दाहालले काम गर्दा गर्दै व्यवस्थापन संकायमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गरे । म्यानेजमेन्ट ट्रेनिको रुपमा प्रवेश गरेका उनले कहिल्यै पनि पछाडी फर्केर हेर्नु परेको छैन । शिखरको प्रगति सँगै उनको पनि व्यक्तिगत तथा व्यवसायिक रुपमा प्रगति भइरहेको छ । कम्पनीले २० औं वार्षिकोत्सव मनाउदा उनलाई आफुले शिखरमा २० वर्ष विताएको पत्तो भएन । उनि भन्छन् 'कम्पनीले २० औं वार्षिकोत्सवको अवसरमा अवार्ड गर्दा पो ए २० वर्ष विताइसकिएछ भन्ने लाग्यो ।'

शिखरमा २० वर्ष काम गर्दा यस अवधिमा कहिल्यै पनि ह्वात्तै बढुवा भएन । क्रमिक रुपमा बढुवा हुँदै गए । सुरुमा म्यानेजमेन्ट ट्रेनि, त्यस पछि जुनियर अफिसर, सिनियर अफिसर, असिस्टेन्ट म्यानेजर,  डेपुटी म्यानेजर हुँदै सिनियर म्यानेजर हुँदै अहिले पुनर्बीमा विभागको नेतृत्व गर्दै आइरहेका छन् ।

यस अवधिमा उनलाई कहिल्यै पनि शिखर छाडेर जाने सोच आएन । उनि भन्छन् 'कहिले काहि अर्को कम्पनीमा जाने रुची छ भनेर सोध्ने काम भयो तर हामीले त्यता तर्फ कहिल्यै ध्यान नै दिएनौ ।' यस अवधिमा कम्पनीले जुन किसिमले ग्रोथ गर्यो त्यसमा आफु सहित सबै जना परिवारका रुपमा एक ढिक्का भएकाले पनि शिखर छाडेर अरुमा जाने भन्ने कुरै नआउने उनि बताउछन् ।

कम्पनी ठुलो हुँदै जादा सदश्यहरु थपिने क्रम सँगै सबै जना विचमा बण्डिङ हुँदै जाने सस्कृति शिखरमा रोचक छ । उनि भन्छन् 'कम्पनीमा २० वर्ष पुरानो १० वर्ष पुरानो भन्ने सेट छ । त्यसमा एक किसिमको अट्याचमेन्ट र बण्डिङ छ ।'

कम्पनी १० वर्ष पुग्दा १० सै वर्ष काम गर्नेहरु १५ जना थिए । अहिले २० वर्ष पुग्दा त्यो संख्या ११ जनामा झरेको छ । तर यसबाट घटेको संख्याबाट कुनै पनि कर्मचारी अर्को बीमा कम्पनीमा छैनन् । उनिहरु कि त विदेश गएका छन् कि त बीमा बाहेक अर्को कुनै कम्पनीमा काम गरिरहेका छन्।

उनको पनि सुरु सुरुमा विदेश सोच थियो । तर परिवारको एक्लो छोरा भएकाले सबै जनाको सकेसम्म विदेश नगइदिए हुन्थ्यो भने आशय थियो । यसले गर्दा परिवारको आशयलाई सम्मान गर्दै उनि विदेश गएनन् ।

उनको करिअर शिखरबाट मात्रै सुरु भएन दाम्पत्य जीवनको सुरुवात पनि शिखरबाटै जुर्यो । कम्पनीमा २० वर्ष पुरानो र १० वर्ष पुराना साथि भाइहरु विच धेरै बण्डिङ हुन्थ्यो । यतिसम्म बण्डिङ थियो कि एक आपसमा घुम्न जाने पिकनिक जानेसम्म हुन्थ्यो । यसै क्रममा दाहाल र योगिशा भण्डारी विच सामिप्यता बढ्यो । अन्ततः दुई विचको सम्बन्ध विवाहमा परिणत भयो ।

बुबा भोजराज शर्मा तथा श्रीमान श्रीमति नै बीमा क्षेत्रमा काम गर्ने भए पनि घर परिवारमा भने कहिल्यै पनि बीमाको विषयमा कुराकानी हुँदैन । उनि भन्छन् 'सिक्नै पर्ने बुझ्नै पर्ने छ भने सोध्ने हो नत्र भने कहिल्यै पनि बीमाको कुरा हुँदैन ।'

दुई दशकको अनुभव

२० वर्षको अवधिमा उनले सबैभन्दा धेरै समय दाबी र पुनर्बीमा विभागमा विताए । उनि सहित सुरुवाति दिनका साथिहरु सबै जानाले पहिलादेखिनै सिइओ दिप पाण्डेकै अण्डरमा काम गर्ने अवसर पाए । उनिहरु पाण्डेहरु विच भावनात्मक सम्बन्ध नै निर्माण भइसकेको छ । उनि भन्छन् 'हामीले दिप सरको पेन हामीले बुझ्न थाल्यौ । सरको जुनसुकै स्वभावहरु हामिले थाहा पाउथ्यौं । उहाँले किन यस्तो व्यवहार गर्दै हुनुन्छ भन्ने थाहा हुने वित्तीकै हामी उहाँलाई सहज हुने गरि काम गरिदिन्थ्यौ ।' उनले थपे, सरको कतिपय स्वभाव तथा भावहरु अहिले हामीमा पनि आउने गर्छ ।

उनिहरु सबैले उच्च व्यवस्थापनलाई 'प्रोएक्टिभ्ली' सघायो । यसले गर्दा कम्पनीले २० वर्षको दौरानमा कहिल्यै पनि कुनै दुखद पल भोग्नु परेन । नेपालको बीमा उद्योगमा शिखरले हासिल गरेका हरेक उपलब्धीमा आफु समेल हुन पाएकोमा उनलाई गर्व लाग्छ ।

बीमा व्यवसायमा कुनै समयमा एक करोड व्यवसाय हुँदा ओहो एक करोड ! भन्ने पनि थियो पछि १० करोड भन्दा ओहो १० करोड भन्ने भयो । त्यस पछि १०० करोडको सपना देख्यौ । यो त कसरी सम्भव होला भन्ने थियो तर हासिल गर्यौ । उनि भन्छन् 'हामी यतिसम्म विश्वस्थ हुन थाल्यौ कि सरले आट्नु भयो भने अवश्य पुरा हुन्छ ।'

सुरुको कर्मचारी भएकै कारण बीमाका हरेक क्षेत्रमा उनले काम गरेका छन् । २० वर्षको यात्रा एकदमै सुखद रह्यो । यस अवधिमा उनले आफु प्रतिको विश्वासलाई पनि मजबुद बनाएका छन् । उनले आगामी दिनमा पनि कम्पनी नछाड्ने सोच बनाएका छन् । कम्पनीले राम्रो गर्दै गइरहेको छ भने कम्पनीलाई छाड्नु पर्ने अवस्था आउदैन, उनि विश्वस्थ छन् । उनि कम्पनीको काम तथा जिम्मेवारी प्रति यति धेरै जवाफदेही हुन थालेका छन् कि कुनै काम समयमा भएन भने ओहो कसरी सम्पन्न गर्ने भनेर चिन्तित हुन्छन् ।

शिखरले सुरुवाति दिनदेखि नै समयमा दाबी भुक्तानी गर्यौ भने विश्वास जित्न सकिन्छ भन्ने मान्यता राख्दै आएको छ । भकम्प गइसके पछि आम मानिसहरुमा बीमा कम्पनीहरुले अव दाबी भुक्तानी गर्नै सक्दैनन् भन्ने थियो । भुकम्प पछि हामीले एकदमै द्रुत गतिमा दाबी भुक्तानी सुरु गर्यौ, उनले भने । यसले गर्दा कम्पनी प्रतिको विश्वास झन बढ्दै गयो । त्यस पलले शिखरलाई धेरै माथि पुर्याएको उनि बताउछन् ।

यसले गर्दा मानिसहरुमा बीमा गर्नु पर्छ भन्ने मान्यताको स्वत विकास भयो । बजारमा बीमा कम्पनीले दाबी भुक्तानी गर्दौ रहेछ भन्ने ठुलो सन्देश दियो । जतिवेला दाबी पाउदै गर्दा मानिसहरुले अण्डर इन्स्योरेन्स भनेको के हो भन्ने कुरालाई पनि बुझ्न थालेको उनको अनुभव छ । यस भन्दा अगाडीसम्म कागजका लागि बीमा गर्ने भन्ने थियो । जसले वास्तविक रुपमा बीमा हुँदैन थियो ।

यहि मान्यतालाई बुझेको शिखरले गएको असोज ११ गतेको बाढी पहिरोले पुर्याएको क्षतिको दाबी भुक्तानीलाई विशेष प्राथमिकता दियो । यसरी दुखको समयमा सहजै दाबी पाउदा बीमितहरुको कम्पनी प्रति सद्भाव नै बढेको उनि बताउछन् ।

दाहाल अहिले शिखरमा बीमा कम्पनीको सबैभन्दा महत्वपुर्ण क्षेत्र पुनर्बीमा हेर्छन् । जुन कम्पनीको व्याक बोन हो । कम्पनीका लागि अव दाहाल आफै ब्याकबोन बनिकसेका छन् । प्रायः बीमा कम्पनीहरु मार्केटिङमा बढि केन्द्रित हुन्छन् तर टेक्निकल पार्टमा खासै केन्द्रित हुँदैनन् । प्रमुख कार्यकारी अधिकृत पाण्डे आफैमा प्राविधिक पक्षमा एकदमै साउण्ड मानिन्छन् । यसले गर्दा उनले आफ्ना सबै ज्ञानदेखि गुणसमेत आफैले निर्माण गरेका सक्सेसरलाई प्रदान गरिसकेका छन् । कम्पनीमा उनको मर्म बुझ्ने जेनेरेसन तयार भइसकेको छ । यसरी सरको अण्डरमा काम गर्न पाउदा दाहाल आफैलाई भाग्यमानी ठान्छन् ।

आजसम्म कुनै पनि नेतृत्वले तिमिहरुले गरेको यो गलत भयो भन्न सकेका छैनन् । बरु तपाईले गरेको ठिक छ यसमा यो बाहेक यो पनि गर्न सकिन्छ भनिरहेका हुन्छन् । यसरी एउटा काचो माटोलाई ल्याएर बलियो र आकर्षक भाडा बनाउने काम शिखरले गर्यो । हरेक वर्ष निर्जीवन बीमा व्यवसायमा नम्बर हुने शिखरको सफलताको राज यहि हो ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार