NIMB Header 2
Nepal Life

सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत AION V को ब्रान्ड एन्डोर्सरमा नियुक्त

National Life
  • BFIS News
  • 2025 May 21 16:27
सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत AION V को ब्रान्ड एन्डोर्सरमा नियुक्त
Sanima Reliance

काठमाडौं। नेपालमा AION इलेक्ट्रिक सवारीहरूको आधिकारिक बिक्रेता सीजी मोटर्सले, नेपालकी चर्चित तथा लोकप्रिय अभिनेत्री वर्षा राउतलाई “e:xtraordinary AION V” को आधिकारिक ब्रान्ड एन्डोर्सरको रूपमा नियुक्त गरेको घोषणा गर्दै, उक्त गाडी हस्तान्तरण गरेको छ।

Shikhar
NIMB

नेपाली चलचित्र उद्योगमा आफ्नो आत्मविश्वासी उपस्थिति, सौन्दर्य तथा जीवन्त व्यक्तित्वका लागि परिचित वर्षा राउत अब AION V परिवारको हिस्सा बन्न पुगेकी छन्। उनीजस्तै बहुआयामिक क्षमता बोकेको AION V ले समेत इभी सेग्मेन्टमा नवीनतम प्रविधि, अत्याधुनिक डिजाइन, उच्चतम सुविधा तथा आरामदायक अनुभवमार्फत नयाँ मापदण्डहरू स्थापित गर्दै आएको छ।

सीजी मोटर्सका जीएम-सेल्स, सुशील क्षेत्रीका अनुसार – “हामी वर्षा राउतलाई AION V को ब्रान्ड एन्डोर्सरको रूपमा स्वागत गर्न पाउँदा अत्यन्तै उत्साहित छौं। उहाँको अग्रगामी सोच, आधुनिक जीवनशैली र सस्टेनेबिलिटीप्रतिको प्रतिबद्धता AION V को पहिचानसँग पूर्ण रूपमा मेल खान्छ। हामी मिलेर नेपालमा विद्युतीय सवारीको भविष्य पुनः परिभाषित गर्ने आशा राख्छौं।”

कहिले छायांकनमा व्यस्त, कहिले आकस्मिक घुमघाममा, त कहिले शान्त शहर यात्रामा – वर्षा राउतको द्रुत गतिमा अघि बढ्ने जीवनशैलीलाई AION V ले सम्पूर्ण रूपमा समर्थन गर्छ। यस गाडीको ८-प्वाइन्ट मसाज सिट, इनबिल्ट फ्रिज र हिटर, प्यानोरामिक सनरूफ जस्ता फिचरहरूले प्रत्येक यात्रा विशेष, लक्जरी र सन्तुलित बनाउँछ।

AION V मा रहेको ७५.३ kWh क्षमताको ब्याट्री तथा ६५० किमीको रेन्जले लामो यात्रामा पनि पूर्ण आत्मविश्वास प्रदान गर्छ, जसले रेंज एङ्जायटीलाई पूर्ण रूपमा हटाउँछ। दूरदर्शी, महत्वाकांक्षी र सचेत चालकहरूका लागि निर्माण गरिएको यो गाडीले प्रदर्शन, सुरक्षा र दिगो प्रविधिलाई एकैसाथ प्रस्तुत गर्छ।

वर्षा राउत भन्छिन् – “AION V केवल गाडी होइन – यो त एक अनुभव हो। यसको लक्जरी, स्मार्टनेस र व्यवहारिकता मेरो जीवनशैलीसँग गहिरो रूपमा मेल खान्छ। मसाज सिट, हिटिङ–कुलिङ, इनबिल्ट रेफ्रिजरेटर जस्ता फिचरहरूले यो गाडीलाई अरू सबैभन्दा फरक बनाएको छ। यस्तो ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा म गर्व महसुस गर्दैछु – जुन नेपाललाई सफा, स्मार्ट तथा हरित भविष्यतर्फ लैजान प्रतिबद्ध छ।”

चौधरी ग्रुप अन्तर्गतको CG Motors नवीन प्रविधि र विश्वव्यापी साझेदारमार्फत दिगो मोबिलिटी समाधान प्रदान गर्न समर्पित छ। नेपालमा AION Evs को एकमात्र आधिकारिक बिक्रेताको रूपमा CG Motors ले देशलाई सफा र सशक्त भविष्यतर्फ अग्रसर गरिरहेको छ। २० भन्दा बढी सेल्स तथा सर्भिस सेन्टरहरू र २६० भन्दा बढी चार्जिङ स्टेशनहरूमार्फत CG Motors ले आफ्नो ग्राहकहरू र सरोकारवालाहरूलाई उत्कृष्ट सुविधा र भरपर्दो सेवा प्रदान गर्दै आएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया