Nepal Life

नाइकीले मूल्य वृद्धि गर्ने, आयात करको अन्योलताबीच रणनीति परिवर्तन

NMB Bank
  • BFIS News
  • 2025 May 22 14:15
नाइकीले मूल्य वृद्धि गर्ने, आयात करको अन्योलताबीच रणनीति परिवर्तन
National Life

काठमाडौं।  विश्व चर्चित खेलकुद सामग्री निर्माता कम्पनी नाइकीले आगामी जुन १ देखि आफ्ना केही उत्पादनहरूको मूल्य वृद्धि गर्ने निर्णय गरेको छ। मूल्य वृद्धिको यो निर्णयले कम्पनीका जूता, लुगा र उपकरणहरूमा प्रभाव पार्नेछ।

Shikhar
NIMB

कम्पनीले मूल्य समायोजनलाई “मौसमी योजना” अन्तर्गत गरिएको बताएको छ। यद्यपि, विश्लेषकहरूले यो कदमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिबाट सिर्जित अस्थिरतासँग जोडेर हेरिरहेका छन्।

मूल्यमा कति वृद्धि?

  • १०० डलरभन्दा महँगा जूताहरूको मूल्यमा १० डलरसम्म वृद्धि हुनेछ।

  • लुगा र उपकरणहरूको मूल्य २ देखि १० डलर सम्म बढ्नेछ।

  • तर, लोकप्रिय एयर फोर्स १ जस्ता जूता तथा १०० डलरभन्दा कम मूल्यका जूता, बालबालिकाका उत्पादनहरू र जोर्डन ब्रान्डका कपडा तथा एसेसरिज भने मूल्य वृद्धिबाट बाहिर रहनेछन्।

अमेजनमा पुनः बिक्री सुरू

नाइकीले सन् २०१९ पछि पहिलो पटक अमेरिका भित्र अमेजनमार्फत पुनः आफ्ना उत्पादनहरू बिक्री गर्ने निर्णय पनि लिएको छ। विगतमा कम्पनीले आफ्ना वेबसाइट तथा भौतिक स्टोरहरूमा केन्द्रित रहने भन्दै अमेजनबाट सामान हटाएको थियो।

ट्रम्पको आयात नीतिको प्रभाव

राष्ट्रपति ट्रम्पले विदेशी उत्पादनलाई दोष दिँदै एशियाबाट आयात हुने वस्तुहरूमा ३२% देखि ५४% सम्मको कर लगाएका छन्। यो कर नीति विशेषगरी भियतनाम, चीन र इन्डोनेसियाबाट ल्याइने नाइकीका जूतामा लागू भएको छ। यी देशहरू नाइकीका प्रमुख उत्पादन केन्द्र हुन्।

हाल ९० दिनको कर स्थगन अवधि चलिरहेको छ, जुन जुलाईको सुरुवातमा समाप्त हुनेछ। यसले नाइकी लगायतका कम्पनीहरूलाई आगामी रणनीति बनाउन कठिन बनाएको छ।

बजारमा प्रभाव

गत महिना नाइकीको प्रतिस्पर्धी कम्पनी एडिडासले अमेरिकी बजारमा मूल्य बढ्नसक्ने चेतावनी दिएको थियो। यस्तै, JD Sports ले पनि मूल्य वृद्धिले उपभोक्ता मागमा असर पार्नसक्ने बताएका छन्।

नाइकीका प्रवक्ताले भने, “हामी हाम्रो व्यापारलाई नियमित रूपमा मूल्यांकन गर्छौं र मौसमी योजनाको भागस्वरूप मूल्य समायोजन गर्छौं।”

अमेरिकी बजार नाइकीको सबैभन्दा ठूलो बजार हो, जहाँका बिक्रीमा गिरावट आउँदा कम्पनीले पूर्ण मूल्यमा सामान बेच्न कठिनाइ भोगिरहेको छ। मूल्य वृद्धि र अमेजनमा पुनः प्रवेशले कम्पनीले नयाँ राजस्व सन्तुलन खोज्न थालेको संकेत गर्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया