NIMB Header 2
Nepal Life

पतञ्जलीको फाइल अख्तियारलाई पठाउने लेखा समितिको निर्णय

National Life
  • BFIS News
  • 2025 May 22 15:05
पतञ्जलीको फाइल अख्तियारलाई पठाउने लेखा समितिको निर्णय
Sanima Reliance

 काठमाडौं। संसदको सार्वजनिक लेखा समितिले पतञ्जली योगपीठको जग्गा सट्टापट्टामा देखिएको अनियमितताको अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने निर्णय गरेको छ।

Shikhar
NIMB

बिहीबार बसेको समितिको बैठकले विभिन्न सरकारी निकायहरूबाट संकलित पतञ्जलीसम्बन्धी फाइलहरूमा थप अध्ययन नगरीकनै ती सबै फाइलहरू अख्तियारमा पठाउने निर्णय गरेको हो।

समितिका सभापति ऋषिकेश पोखरेलले उजुरीका आधारमा विभिन्न निकायहरूबाट विवरण संकलन गरिएको जानकारी दिँदै भने, "पतञ्जलीसम्बन्धी उजुरीहरूका आधारमा समितिले विवरण मगाएको थियो। ती विवरणहरू थप अनुसन्धान र आवश्यक कारबाहीका लागि अख्तियारमा पठाउने निर्णय भएको हो।"

गत वर्ष लेखा समितिले पतञ्जली योगपीठले गरेको जग्गा सट्टापट्टामा अनियमितता भएको उजुरीका आधारमा सम्बन्धित निकायहरूसँग कागजात र विवरण माग गरेको थियो। तर त्यसमा कुनै विस्तृत अध्ययन नगरी फाइलहरू अख्तियारमा पठाउने निर्णय गरिएको हो।

पतञ्जली योगपीठको जग्गासम्बन्धी अनियमितता प्रकरणमा अख्तियारले केही समयदेखि अनुसन्धान गर्दै आए पनि निष्कर्ष सार्वजनिक नगरेको भन्दै समितिले निष्क्रियता देखाएको आरोप लगाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया