NIMB Header 2
Nepal Life

एभरेष्ट कलर लिमिटेडले आईपीओ मूल्य प्रतिकित्ता १०० रुपैयाँ कायम, नयाँ स्वतन्त्र निर्देशक नियुक्त

Muktinath Bank
  • BFIS News
  • 2025 May 22 15:29
एभरेष्ट कलर लिमिटेडले आईपीओ मूल्य प्रतिकित्ता १०० रुपैयाँ कायम, नयाँ स्वतन्त्र निर्देशक नियुक्त
Everest Bank

काठमाडौं, ८ जेठ। एभरेष्ट कलर लिमिटेडले विशेष वार्षिक साधारणसभा सम्पन्न गर्दै सार्वजनिक निष्कासन (आईपीओ) को मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको छ।

Shikhar
NIMB

कम्पनीको केन्द्रीय कार्यालय कौशलटार, भक्तपुरमा बसेको सभाले यसअघि प्रस्ताव गरिएको ५० रुपैयाँको मूल्यलाई संशोधन गर्दै नयाँ प्रस्ताव पारित गरेको हो।

नयाँ प्रस्तावअनुसार कम्पनीले ३० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ, जसअन्तर्गत ७ लाख ९० हजार कित्ता सेयर (कुल जारी पूँजीको २६.३३ प्रतिशत) सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँमा जारी गरिनेछ।

सभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष महेश्वर खनालले गरेका थिए। सभाले कपिल देव महतोलाई स्वतन्त्र निर्देशकको रूपमा नियुक्त गरेको छ। साथै, साधारण तथा विशेष प्रस्तावहरू पारित गर्दै कम्पनीले आगामी योजनाका लागि मार्गनिर्देश तय गरेको छ।

एभरेष्ट कलर लिमिटेडले गुणस्तरीय उत्पादनमार्फत पूर्वाधार विकासमा योगदान दिने तथा रोजगारी सृजना गर्ने लक्ष्य लिएको जनाएको छ। कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘बीबी माइनस (BB-)’ को रेटिङ प्रदान गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया