माछापुच्छ्रे क्यापिटलको म्युचुअल फन्ड ‘एमबीएल इक्विटी फन्ड’ को एनएभी घट्यो, बैशाखमा घाटा बढ्यो
- BFIS News
- 2025 May 23 09:54
काठमाडौं, जेठ ९। माछापुच्छ्रे क्यापिटल लिमिटेडद्वारा सञ्चालित १० वर्षे बन्द प्रकृतिको म्युचुअल फन्ड योजना ‘एमबीएल इक्विटी फन्ड’ले बैशाख महिनाको लागि मासिक शुद्ध सम्पत्ति मूल्य (NAV) प्रतिवेदन सार्वजनिक गरेको छ।
प्रतिवेदनअनुसार, फन्डको एनएभी बैशाखको अन्त्यसम्ममा प्रतिइकाई रु ९.९५ पुगेको छ, जुन अघिल्लो महिनाको अन्त्यमा रु ९.९६ थियो।
शुरुआतमा रु १ अर्ब २१ करोडको कोष आकारसहित सञ्चालनमा आएको यस योजनाले सूचीबद्ध कम्पनीहरूको सेयरमा रु ४३ करोड ७० लाख लगानी गरेको छ। यसबाहेक, फिक्स्ड डिपोजिट योजनामा रु १२ करोड र बैंक खातामा रु ६४ करोड ६४ लाख रकम राखिएको छ।
फन्डले बैशाख महिनामा रु ६६ लाख ७६ हजार घाटा व्यहोरेको छ, जुन चैत महिनाको रु ५० लाख २० हजार घाटाको तुलनामा वृद्धि हो।
यस रिपोर्टले म्युचुअल फन्डको वित्तीय अवस्थालाई झल्काउनेछ भने लगानीकर्तालाई निर्णय लिन सहयोग पुर्याउने विश्वास गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया