NIMB Header 2
Nepal Life

एनबीएद्वारा ईएसजी र दिगो वित्तीय प्रणालीसम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न, बैंकिङ क्षेत्रमा दिगोपनको प्रवर्द्धन

National Life
  • BFIS News
  • 2025 May 24 15:19
एनबीएद्वारा ईएसजी र दिगो वित्तीय प्रणालीसम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न, बैंकिङ क्षेत्रमा दिगोपनको प्रवर्द्धन
Sanima Reliance

काठमाडौं, जेठ ११ । नेपाल बैंकर्स संघ (एनबीए) ले युपीएफ बार्सिलोना स्कूल अफ म्यानेजमेन्ट (बीएसएम) र इन्भेस्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) सँगको सहकार्यमा ‘ईएसजी (पर्यावरण, सामाजिक उत्तरदायित्व र शासन प्रणाली) र दिगो वित्तीय प्रणाली’ विषयमा प्रशिक्षक प्रशिक्षण (Training of Trainers) कार्यक्रम सम्पन्न गरेको छ। तीन दिनसम्म सञ्चालन भएको यो कार्यक्रम नेपालको बैंकिङ क्षेत्रमा दिगोपनको प्रवर्द्धन गर्ने प्रयासको एक महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

Shikhar
NIMB

ईएसजी र दिगो वित्तीय प्रणालीसम्बन्धी ज्ञान आदान–प्रदान तथा क्षमता अभिवृद्धिमा लामो समयदेखि सक्रिय एनबीएले यसअघि पनि बार्सिलोना स्कूल अफ म्यानेजमेन्टको सहकार्यमा Certified ESG Course सञ्चालन गरिसकेको छ, जसअन्तर्गत ८० जना बैंकिङ पेशाकर्मीहरूलाई सफलतापूर्वक प्रमाणपत्र प्रदान गरिएको थियो। सोही कोर्सबाट प्रमाणित भएका छानिएका सहभागीहरूलाई लक्षित गर्दै यो प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा बीएसएमका प्रतिष्ठित प्राध्यापकहरू एसोसिएट प्रोभोस्ट एवं सचिव प्रा. डा. मार्कोस एगोइगुरेन हुवर्टा, व्यापार रणनीति तथा व्यवस्थापन विभाग प्रमुख प्रा. डा. अन्द्रेइ बोआर तथा अनलाइन माध्यमबाट सहभागी भएका विज्ञ मिस्टर मिकेल गार्सिया-प्रिएटो अर्राबालले प्रशिक्षण दिएका थिए।

तीन दिनसम्म चलेको कार्यक्रममा सहभागीहरूले प्रभावकारी ईएसजी र दिगोपनसम्बन्धी तालिम निर्माणका सिद्धान्त, पाठ्यक्रम विकास विधि, दिगो वित्तीय प्रणालीसम्बन्धी क्षेत्रीय तथा विश्वव्यापी प्रवृत्तिहरू, अध्ययन–प्रसङ्गहरू (case studies), प्रस्तुतिकरण सत्रहरू तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूका सबकहरूबारे गहिरो अध्ययन गरे।

कार्यक्रममा एनबीएका सदस्य बैंकहरूबाट सहभागी भएका २१ जना वरिष्ठ अधिकारीहरूले सफलतापूर्वक प्रशिक्षण सम्पन्न गरेका छन् र उनीहरूलाई "प्रमाणित प्रशिक्षक" घोषणा गरिएको छ।

एनबीएले यस कार्यक्रममार्फत बैंकिङ क्षेत्रमा दिगोपनसम्बन्धी प्रभावकारी तालिम सञ्चालन गर्न सक्ने दक्ष प्रशिक्षकहरूको समूह तयार गर्न सफल भएको छ, जसले आगामी दिनमा बैंकिङ क्षेत्रभित्र तथा बाहिर समेत दीगो वित्तीय अभ्यास र ईएसजी सिद्धान्तलाई अझ संस्थागत गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया