Nepal Life

नेपाल वेयरहाउजिङको छैटौँ वार्षिक साधारण सभा सम्पन्न,  सर्वसाधारण शेयरधनीहरुको तर्फबाट अर्जुन पन्त निर्वाचित

NMB Bank
  • BFIS News
  • 2025 May 25 12:17
नेपाल वेयरहाउजिङको छैटौँ वार्षिक साधारण सभा सम्पन्न,  सर्वसाधारण शेयरधनीहरुको तर्फबाट अर्जुन पन्त निर्वाचित
National Life

काठमाडौं, ११ जेठ २०८२ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको छैटौँ वार्षिक साधारण सभा २०८२ साल जेठ ८ गते सम्पन्न भएको छ। सभाले कम्पनीको आगामी सञ्चालन तथा वित्तीय व्यवस्थापनसँग सम्बन्धित सात वटा महत्वपूर्ण निर्णयहरू सर्वसम्मतिले पारित गरेको हो।

Shikhar
NIMB

सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन अनुमोदन गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित सोही अवधिको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत सम्पूर्ण वित्तीय विवरण तथा अनुसूचीहरू पारित गरेको छ। साथै, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि P & B Associates, Chartered Accountants लाई कर बाहेक दुई लाख रुपैयाँ पारिश्रमिक निर्धारण गरी लेखापरीक्षकको रूपमा नियुक्त गरिएको छ।

सभाले स्वतन्त्र सञ्चालकको रूपमा श्रीमती सदिक्षा श्रेष्ठको नियुक्ति अनुमोदन गर्नुका साथै सर्वसाधारण शेयरधनी समूहबाट अर्जुन पन्तलाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ। त्यस्तै, कम्पनीको रजिस्टर्ड कार्यालय हालको सिनामंगल–९, काठमाडौंबाट पर्सा जिल्लाको पर्सागढी नगरपालिका–१ स्थित विरुवागुठीमा स्थानान्तरण गर्ने निर्णय पनि पारित भएको छ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न, नियामक निकायको निर्देशनअनुसार थपघट वा परिवर्तन गर्न सकिने अधिकार सञ्चालक समितिलाई प्रदान गरिएको छ। उक्त निर्णयहरूले कम्पनीको दीर्घकालीन रणनीति, सञ्चालन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा व्यक्त गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया