Nepal Life

प्रभु बैंक र इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच छुट सम्झौता

NMB Bank
  • BFIS News
  • 2025 May 27 11:16
प्रभु बैंक र इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच छुट सम्झौता
National Life

काठमाडौं । प्रभु बैंक र बाग्लुङ नपरपालिका वडा नं.–२ आवारोडस्थित इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच व्यवसायिक साझेदारीको लागि सम्झौता भएको छ।

Shikhar
NIMB

सोमबार एक कार्यक्रमकाबीच आफ्ना कर्मचारी तथा ग्राहकहरू लक्षित उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।

इला कम्फर्ट होटल एण्ड रिसोर्टका तर्फबाट महा–प्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंकको तर्फबाट बैंकका प्रमुख क्षेत्रिय व्यापार अधिकृत (एनबिसिओ) राजु रानाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा इला कम्फर्ट होटल एण्ड रिसोर्टमा उपलब्ध आवास सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा मनोरञ्जन लगायतका सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

प्रभु बैंक तथा इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच भएको योे साझेदारीले बाग्लुङ पर्यटनको प्रवर्द्धन हुनुका साथै प्रभु बैंकका ग्राहकहरू पनि लाभान्वित हुनेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया