एशियन लाइफ इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन, १०० कित्ता बराबर ४२ कित्ता पाउने
- BFIS News
- 2025 May Wed 10:34

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनार्थ पर्सी अर्थात जेठ १६ गते शुक्रबार बुकक्लोज गर्दैछ ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन । इन्स्योरेन्सले हाल कायम चुक्त पूँजीको ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ ।
यस इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँको दरले शेयर जारी गर्न लागेको हो । इन्स्योरेन्सले एक अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको एक करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । इन्स्योरेन्सको उक्त दरको हकप्रद जारी गर्ने निणर्य १६ औँ वार्षिक साधारण सभाबाट पारित भएको थियो ।
प्रतिक्रिया