Nepal Life

नविल बैंक नेतृत्वको गभर्नर डा. विश्वनाथ पौडेलसँग भेटघाट

NMB Bank
  • BFIS News
  • 2025 May 28 18:21
नविल बैंक नेतृत्वको गभर्नर डा. विश्वनाथ पौडेलसँग भेटघाट
National Life

काठमाडौं। नबिल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र पौडेल सहित उच्च व्यवस्थापन तहका पदाधिकारीहरुले नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलाई भेटघाट गरेका छन्। 

Shikhar
NIMB

उक्त अवसरमा अध्यक्ष पौडेलले गभर्नर डा. पौडेललाई जिम्मेवारी सम्हालेकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनले बैंकिङ प्रणालीको सुदृढीकरण तथा आर्थिक स्थायित्वका लागि नेपाल राष्ट्र बैंकसँग सहकार्य गर्दै अघि बढ्न नबिल बैंक सधैं तयार रहेको प्रतिवद्धता पनि व्यक्त गरे थिए।

नयाँ नेतृत्वले मुलुकको मौद्रिक नीतिमा स्थायित्व र पारदर्शिता कायम गर्दै समग्र वित्तीय क्षेत्रको विकासमा योगदान पुर्‍याउने नबिल बैंकले विश्वास व्यक्त गरेको छ। कार्यक्रममा कामु सिइओ मनोज ज्ञवाली, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित शाक्य लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया