NIMB Header 2
Nepal Life

पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच गान्सुमा भेटवार्ता

National Life
  • BFIS News
  • 2025 May 31 15:55
पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच गान्सुमा भेटवार्ता
Sanima Reliance

काठमाडौं, १७ जेठ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चीनका उपराष्ट्रपति हान चेङबीच शनिबार चीनको गान्सु प्रान्तमा भेटवार्ता सम्पन्न भएको छ।

Shikhar
NIMB

चीन भ्रमणमा रहेकी भण्डारीले चिनियाँ उच्च अधिकारीहरूसँगको यो भेटलाई अत्यन्तै महत्त्वपूर्ण रूपमा लिइएको छ।

पूर्वराष्ट्रपति भण्डारीले यसअघि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख ल्यु च्यानशाओ लगायत अन्य नेताहरूसँग पनि भेटवार्ता गरेकी थिइन्।

पूर्वराष्ट्रपति भण्डारी गत जेठ १० गतेदेखि चीनको औपचारिक भ्रमणमा रहेकी छन्। भ्रमण टोलीमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेताहरूको मात्रै सहभागिता रहेको छ।

भ्रमणमा सहभागी टोलीमा एमालेका विदेश विभाग प्रमुख तथा पार्टी सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, नेताहरू देवी भट्टचन, गोमा देवकोटा, डा. कैलाश भण्डारी, भेषबहादुर अधिकारी र महेन्द्र विष्ट रहेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया