ग्रामीण विकास र समाज लघुवित्त मर्जर प्रक्रिया अघि बढ्यो, राष्ट्र बैंकको सैद्धान्तिक सहमति
- BFIS News
- 2025 Jun 08 11:59
काठमाडौं। नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्थालाई आपसमा मर्जर (गाभ्ने/गाभिने) प्रक्रियाका लागि सैद्धान्तिक सहमति दिएको छ।
राष्ट्र बैंकले जेठ २२ गते दुबै संस्थालाई पत्रमार्फत मर्जरका लागि सहमति दिएको हो। ग्रामीण विकास र समाज लघुवित्तले यसअघि २०७९ साल फागुन १८ गते आपसी एकीकरणका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।
सैद्धान्तिक सहमतिसँगै अब दुबै संस्थाले एकीकृत कारोबार सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउनेछन्। मर्जरपछि संस्था थप मजबुत, प्रभावकारी र प्रतिस्पर्धी हुने अपेक्षा गरिएको छ।
राष्ट्र बैंकले वित्तीय क्षेत्रको स्थायित्व र सुदृढिकरणका लागि लघुवित्त संस्था लगायतका वित्तीय संस्थाहरूलाई गाभ्ने/गाभिने प्रक्रियालाई प्रोत्साहन गर्दै आएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया