NIMB Header 2
Nepal Life

त्रिभुवन विमानस्थल सञ्चालनमा चासो देखाएको अदानी समूहको कम्पनीले २०२७ भित्र आईपीओ ल्याउने तयारी

IME LIFE
  • BFIS News
  • 2025 Jun 13 13:21
त्रिभुवन विमानस्थल सञ्चालनमा चासो देखाएको अदानी समूहको कम्पनीले २०२७ भित्र आईपीओ ल्याउने तयारी
United Ajod

काठमाडौं। भारतको गौतम अदानी नेतृत्वको अदानी एयरपोर्ट होल्डिंग्स लिमिटेड (AAHL) ले आगामी सन् २०२७ सम्म प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) ल्याउने तयारी गरिरहेको छ।

Nepal Life
NIMB

भारतका ठूला मिडियाहरूले जनाएअनुसार अदानी समूहको यो विमानस्थल व्यवसायलाई शेयर बजारमा सूचीकृत गर्ने योजना अन्तिम चरणमा पुगेको छ।

अदानी एयरपोर्ट होल्डिंग्स भारतकै सबैभन्दा ठूलो निजी विमानस्थल सञ्चालक कम्पनी हो। यसले भारतका ८ प्रमुख विमानस्थल – मुम्बई, अहमदाबाद, लखनऊ, जयपुर, मंगलोर, गुवाहाटी, तिरुवनन्तपुरम र हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा चासो देखाएको छ – को व्यवस्थापन गर्दै आएको छ।

हरित उर्जा र भण्डारणमा जोड

अदानी समूहले आफ्नो लगानी रणनीति अनुसार आगामी वर्षहरूमा नवीकरणीय ऊर्जाऊर्जा भण्डारण क्षेत्रलाई प्राथमिकता दिनेछ। कम्पनीले आफ्नो नवीकरणीय ऊर्जा क्षमता ७ गुणा बढाउने योजना बनाएको छ भने परम्परागत विद्युत उत्पादन क्षमता पनि दोब्बर बनाइनेछ।
बाँकी १० प्रतिशत लगानी निर्माण सामग्री६–७ प्रतिशत खानी तथा धातु क्षेत्रमा गरिने कम्पनीको योजना छ।

एसियाकै दोस्रो धनी अदानी

गौतम अदानी, अदानी समूहका संस्थापक तथा अध्यक्ष, एसियाका दोस्रो धनी व्यक्ति हुन्। फोब्र्सको हालैको सूची अनुसार उनको कुल सम्पत्ति ५.८५ लाख करोड रुपैयाँ पुगेको छ। उनी विश्वका २२ औं धनी व्यक्ति हुन्।
एसियाका सबैभन्दा धनी व्यक्ति भने मुकेश अम्बानी हुन्, जसको कुल सम्पत्ति ९.३९ लाख करोड रुपैयाँ छ र उनी विश्वका १६ औं धनी व्यक्ति हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावित निजीकरण तथा व्यवस्थापनमा अदानी समूहको चासो रहेको पृष्ठभूमिमा कम्पनीको यो आईपीओ तयारी नेपालका लागि पनि चासोको विषय बन्ने देखिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया