Nepal Life

नेपालमा कसैले पनि कम्पनी हेरेर बीमा गर्दैनन्, बरिष्ठ अभिकर्ता ओम केसीको विचार

Global Ime detail Page
  • ‌ओम केसी
  • 2023 Sep Mon 09:17
नेपालमा कसैले पनि कम्पनी हेरेर बीमा गर्दैनन्, बरिष्ठ अभिकर्ता ओम केसीको विचार
Sanima Reliance

काठमाडौं । मानिसहरुमा बीमाको बारेमा दुई किसिमको सोच छ । एकथरी मानिसहरुले बीमाको कुरा गर्न नपाइ बीमाबाट दाबी पाइदैन भनिहाल्छन् र अर्को बीमा अभिकर्ताले कमिशनका लागि मात्रै बीमा गराउछन् भन्ने सोच रहेको छ । यी दुबै गलत बुझाइलाई बुझाउने कार्य अभिकर्ताहरुकै हो ।

NIMB

अन्य मुलुकमा बीमालाई बाध्यात्मक बनाइएको हुन्छ यसले गर्दा सबैले बीमाको विषयमा बुझेका हुन्छन् । तर नेपालमा यस्तो छैन अभिकर्ता आफैले बीमितलाई बीमाको महत्व बुझाएर बीमाको लागी उत्प्रेरित गर्नु पर्छ । त्यसमा पनि नेपालमा बीमाको आवश्यकता १०/२० नम्बरमा पर्न जान्छ ।

नेपालमा अझै पनि मानिसहरु आफैले बीमा गर्न चाहदैनन् । उनिहरुलाई फोर्स गरे पछि मात्रै बल्लतल्ल गर्न खोज्छन् । अभिकर्ता पेशामा सफल नहुनुको अर्को कारण अभिकर्ता आफै अल्पज्ञानी भएर हो । अभिकर्तामा प्रयाप्त ज्ञान छैन । यस तर्फ बीमा प्राधिकरण र बीमा कम्पनी कसैको पनि ध्यान पुग्न सकेको छैन ।

कम्पनीहरुले लाइसेन्स मात्रै दिने काम गर्दा अधिकाम्स अभिकर्ताले बीमा कम्पनीहरुले जारी गरेका सबै बीमा पोलिसीको बारेमा बुझ्दैनन् । त्यसैले कम्पतिमा पनि अभिकर्ताहरुलाई बीमा पोलिसी, बोनस, सरेण्डर भ्यालु, रिष्क कभरको बारेमा ज्ञान हुनु पर्छ । अनि मात्रै अरुलाई बुझाउन सकिन्छ ।

आफैले बुझेको छैन भने अरुलाई बुझाउने अवस्था रहदैन । यहि कारणले मानिसहरु टिक्न गाह्रो छ । बीमा प्राधिकरणले कहिले पनि अभिकर्ताको पेशा अभिबृद्धिका लागि कुनै पनि तालिम सञ्चालन गर्न  सकेको छैन । म यस पेशामा लागेको २३ वर्ष भयो तर म बीमा प्राधिकरणले दिएको एउटा मात्रै तालिममा सहभागी भएको छु । त्यस बाहेक तालिम प्राप्त गरेको छैन ।

बीमाको नकारात्मकता अन्त्यका लागि अभिकर्ताहरुलाई धेरै भन्दा धेरै तालिम र दक्ष बनाउने काम गर्नु पर्छ । अभिकर्ता पेशा डाक्टर इन्जिनियर भन्दा पनि राम्रो पेशा हो । आम्दानीका हिसावले पनि उनिहरुको भन्दा कम छैन । अर्को तर्फ वित्तीय सल्लाहकार आफैमा सानो काम होइन । हामी बीमित र बीमा कम्पनी विच पुलको काम गर्छौ । डाक्टर इन्जिनियरहरुले सेवा दिए बापत आफ्नो शुल्क लिन्छन् तर हाम्रोमा यस्तो सम्म भइसक्यो अभिकर्ताले पाउने कमिशन पनि फिर्ता देउ भन्ने अवस्था छ । यो नबुझेको कारणले अभिकर्ताहरु सँग यस्तो व्यवहार गरिएको हो ।

हाम्रोमा अभिकर्ताले सित्तैमा कमिशन खाएको भन्ने मानसिकता छ । यसो हुनुको कारण परिश्रम गर्ने अभिकर्ताले गर्दा हो । यहाँ जोसुकैले अभिकर्ताको लाइसेन्स लिएका हुन्छन् । एउटाले राम्रो सँग बुझाइरहेको हुन्छ तर अर्को अभिकर्ताले गएर म कमिशन विनानै काम गर्छु भनिदिन्छ । उसले तपाईलाई कमिशन फिर्ता दिदैन म दिन्छु भनेर एकदमै सस्तो मार्केटिङ भइरहेको छ ।

यि विविध कारणले नेपालमा अभिर्ता पेशा प्रति नकारात्मकता फैलिएको हो । यसका लागि पेशागत बीमा अभिकर्ता संघ र बीमा कम्पनीले संरक्षण गर्नु पर्ने जरुरी छ । कम्पनीले पनि अभिकर्ता लाइसेन्स लिएकालाई दक्ष बनाउनु पर्छ । अभिकर्तामा पढ्ने बानी छैन । जवसम्म अभिकर्तामा पढ्ने बाँनी हुँदैन तवसम्म उनिहरुले बीमितलाई राम्रो सँग बुझाउन सक्दैनन् । बीमा किन भएन भनेर चिन्ता मात्रै गरिन्छ तर मैले भनेको कुरा किन बुझिरहेका छैनन्, मैले भनेको किन मानिरहेका छैनन् भनेर हामी सोच्छदैनौ । यो व्यवसाय अरुलाई विश्वास दिलाएर भावनात्मक रुपमा ल्याउनु पर्ने व्यवसाय हो ।

आज तपाई सँग भएको पैसा तपाईको गुडविल र तपाईको विश्वास तपाईको बोलिको पावरले लिन सक्नु पर्छ । अहिलेसम्म कसैले पनि कम्पनी चिन्दैन । यदि कम्पनी चिनेर बीमा हुने भए भर्खर आएका कम्पनीमा करोडौको बीमा हुँदैन थियो । यसको गुडविल भनेको अभिकर्ता नै हो । अभिकर्तालाई हेरेर बीमा गर्ने हो ।

नेपाल भन्दा विकसित भारत जस्तो बजारमा पनि ९६ प्रतिशत बजार अभिकर्ता मार्फत चलेको छ । सूचना प्रविधिमा फड्को मारेको भारत जस्तो देशमा पनि ४ प्रतिशत मात्रै संस्थागत अभिकर्ता तथा सूचना प्रविधि मार्फत बीमा हुन्छ ।

नेपालको बजार अझै धेरै खाली छ । नेपालमा अझै पनि विदेशी बीमा कम्पनी आउन चाहिरेका छन् यसको प्रमुख कारण उनिहरुले नेपालमा बजार देखेर नै हो । त्यसैले खाली बजारमा पुरानौ शैलीबाट गएर हुँदैन । अव स्किलफुल र नलेजेवल अभिकर्ताको संख्या धेरै हुनु पर्छ ।

कुनै पनि परिवारमा घरको मुख्य सदश्यको टाउकोमा लाखौ करोडौको जोखिम रहेको हुन्छ । तर अभिकर्ताले त्यस्ता व्यक्तिको जोखिम पहिचाहन गरेर वास्तविक जोखिम कभर हुने गरी बीमा गरिदिएका छैनन् । यो अभिकर्ता मेरो मान्छे हो यसलाई दुई चार लाखको बीमा गरिदियो भने मुख बन्द हुन्छ भनेर बीमा गर्ने गर्छन् तर यदि म परिवारमा रहिन भने भोलि मेरो अनुपस्थतिमा पनि मेरो परिवार कसरी चल्छ भन्ने सोचेर बीमा गर्नु पर्छ । यो सोचको विकास गर्ने हो भने बीमाको बजार धेरै ठुलो छ ।

एउटा व्यक्ति तथा घरको बीमा गराइसके पछि त्यो घरमा जादै नजाने सोच छ । बीमा गरिसके पनि त्यो घरमा नयाँ सदस्य आउछन् । उनिहरुको साह्रो गाह्रो बुझ्दै सम्पर्कमा रहिरहने हो भने बीमा खोज्न अन्यत्र भौतारिनु पर्दैन ।

यो पनि पढ्नुहोस्

पढाइमा तीक्ष्ण ओम केसीले सरकारी जागिर छाडेर रोजेको अभिकर्ताको बाटो, नेपाल लाइफमा सर्वाधिक व्यवसाय भित्र्याउन सफल

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया