नेपालपे कार्ड योजनामा ग्रीन डेभलपमेन्ट बैंकको सहभागीता, स्वदेशी कार्ड प्रणाली सुदृढ गर्ने लक्ष्य
- BFIS News
- 2025 Jun 15 13:15
काठमाडौं, असार १। ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग राष्ट्रिय कार्ड स्विच तथा स्वदेशी कार्ड योजना (नेपालपे कार्ड) मा प्रमुख सदस्यका रूपमा सहभागी हुन सम्झौता गरेको छ।
सम्झौतापछि नेपालपे कार्डको व्यावसायिक सञ्चालन सुरु भएपछि ग्रीन डेभलपमेन्ट बैंकले सो कार्ड जारी तथा स्वीकृत गर्न सक्नेछ।
नेपाल क्लियरिङ हाउसले सञ्चालन गर्दै आएको यो नेशनल पेमेन्ट स्वीच–नेशनल कार्ड स्किम (NPS-NCS) पहलले स्वदेशी कार्ड कारोबारका लागि एकीकृत पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको छ। यस प्रणालीले अन्तर्राष्ट्रिय कार्ड नेटवर्कमाथिको निर्भरता घटाउने, डाटा स्थानीयकरणलाई प्रोत्साहन गर्ने, डिजिटल भुक्तानी प्रणालीमा नवप्रवर्तन ल्याउने र विभिन्न बैंक तथा वित्तीय संस्थाबीच अन्तरसञ्चालन क्षमता सुनिश्चित गर्ने उद्देश्य राखेको छ।
हालसम्म एनसीएचएलमार्फत ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था (बीएफआई), अधिकांश पेमेन्ट सिस्टम अपरेटर (पीएसओ) तथा पेमेन्ट सर्भिस प्रोभाइडर (पीएसपी), र १०० भन्दा बढी प्राविधिक सदस्यहरु आवद्ध भइसकेका छन्।
ग्रीन डेभलपमेन्ट बैंकले हाल १५ शाखामार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। नेपालपे कार्ड योजनामा सहभागीता पश्चात बैंकले डिजिटल कारोबार प्रणालीलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)






प्रतिक्रिया