सानिमा रिलायन्सको स्टार एजेन्सी मिट २०८२ सम्पन्न

  • BFIS News
  • 2025 Jul Sun 17:11
सानिमा रिलायन्सको स्टार एजेन्सी मिट २०८२ सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आ. व. २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेश स्तरिय  प्रोत्साहनको कार्यक्रम  स्टार एजेन्सी मिट २०८२ सम्पन्न  गरेको छ।

बनेपा, चाबहिल, कौशलटार र पाटन रिजनका अभिकर्ता मध्ये प्रथम बीमाशुल्क संकलन, बीमालेख संख्या र टिम ब्यबसाय विधामा  उत्कृष्ट ३ भित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरिएको हो । 

कार्यक्रममा कम्पनीका  नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले जीवन बीमा ब्यबसायमा बीमा सल्लाहकारहरुको महत्व र  अपरिहार्यता माथि प्रकाश पार्नुहुदै कार्यक्रमबाट सिकेका कुराहरुलाई व्यवहारमा उतारेर यस वर्ष कम्पनिलाई अझै नयाँ उचाईमा पुराउनु पर्ने बताए। साथै कम्पनीले आ. व २०८१/८२ मा रु ७०० + करोडको बीमाशुल्क संकलन गर्न सफल भएकोमा  सम्पूर्ण अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन गरे । 

कम्पनीका प्रमुख व्यवसाय अधिकृतहरूले  बोल्दै  अभिकर्ताहरूलाई आवश्यक सीप र कलाको बारेमा प्रस्ट परेका थिए ।  कार्यक्रममा क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र  शाखा प्रमुख सहित ७०० भन्दा बढी अभिकर्ताहरूको उपस्थिति रहेको थियो ।   

त्यस्तै कौशलटार रिजनका उत्कृष्ट एजेन्सी म्यानेजर नमिता न्यौपाने, चाबहिल रिजनका रणबहादुर तामाङ्ग, बनेपा रिजनका नारायण बहादुर गुरुङ्ग र पाटन रिजनका योगेन्द्र महर्जनले आफूहरु उत्कृष्ट १ मा पर्न गरेको  मेहनतको चर्चा गर्दै यस वर्ष पनि उक्त पदलाई यथावत राख्ने लक्ष्य रहेको र त्यसै अनुरुप योजना सहित काममा परिचालित भएको बताए । कार्यक्रम ज्ञानबर्द्धक बनाउनको लागि नेपालका प्रख्यात स्पिकर सुदिप बस्नेतलाई  आमन्त्रित गरिएको थियो ।  उनले बिक्री कलाको लागि अति उपयोगी बानीको आवश्यकता र महत्त्वको बारेमा चर्चा गरेका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया