NIMB Header 2
Nepal Life

रिद्दारा आरडी६ विद्युतीय पिकअप आकर्षक सुविधासहित नेपाली बजारमा सार्वजनिक, मूल्य ९.९९ लाख डाउनपेमेन्टदेखि

National Life
  • BFIS News
  • 2025 Jul 28 12:44
रिद्दारा आरडी६ विद्युतीय पिकअप आकर्षक सुविधासहित नेपाली बजारमा सार्वजनिक, मूल्य ९.९९ लाख डाउनपेमेन्टदेखि
Sanima Reliance

काठमाडौं।  सीजी मोटर्सले गेली अटो ग्रुपसँगको सहकार्यमा नेपालमा नयाँ इलेक्ट्रिक पिकअप ‘रिद्दारा आरडी६’ सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधियुक्त यो विद्युतीय गाडी केवल रु. ९.९९ लाख डाउनपेमेन्टमा उपलब्ध हुनेछ।

Shikhar
NIMB

कम्पनीले यो अफरमार्फत इलेक्ट्रिक मोबिलिटीलाई अझ सहज, भरपर्दो र सुविधायुक्त बनाउने उद्देश्य लिएको जनाएको छ।

प्राविधिक विवरण

रिद्दारा आरडी६ मा ६३ किलोवाट क्षमताको ब्याट्री र २०० किलोवाट पावर उत्पादन गर्ने मोटर जडान गरिएको छ। यसले एकपटकको पूर्ण चार्जमा ३७७ किलोमिटरको ड्राइभिङ रेन्ज प्रदान गर्छ।

Geely को म्याप प्लेटफर्ममा आधारित यस पिकअपमा इन्डेपेन्डेन्ट सस्पेन्सन प्रणाली प्रयोग गरिएको छ, जसले नेपाली भौगोलिक बनावटमा समेत आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्छ।

थप विशेषताहरू

  • १२०० लिटर क्षमताको कार्गो बेड

  • ७० लिटरको फ्रन्ट ट्रंक

  • भेइकल टु लोड (V2L) प्रविधि – बाह्य उपकरण चार्ज गर्न सकिने

  • ३ ड्राइभ मोड

  • ३६० डिग्री क्यामेरा

  • म्याट्रिक्स एलईडी हेडलाइट

  • ६६५ हाई स्ट्रेन्थ स्टील प्रयोग गरिएको बलियो बडी

सीजी मोटर्सका अनुसार यो विद्युतीय गाडीले सस्तो संचालन खर्च, न्यूनतम मर्मत, र वातावरणमैत्री यात्रा सुनिश्चित गर्नेछ।

गाडी कम्पनीका शोरूममार्फत बुकिङ खुल्ला भइसकेको जनाइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया