NIMB Header 2
Nepal Life

तीन दिनको गिरावटपछि नेप्से बढ्यो, तर कारोबार रकम घट्यो

Citizen Life
  • BFIS News
  • 2025 Aug 04 16:09
तीन दिनको गिरावटपछि नेप्से बढ्यो, तर कारोबार रकम घट्यो
Muktinath Bank

काठमाडौं, साउन १९।  लगातार तीन कारोबार दिनसम्म घट्दै आएको नेप्से परिसूचक साताको दोस्रो दिन सोमबार भने बढेको छ।

NIMB

सूचकमा सुधार देखिए पनि समग्र कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार सोमबार नेप्से परिसूचक १६.६५ अंकले वृद्धि भई २८७५.५५ विन्दुमा पुगेको छ। यस्तै, सेन्सेटिभ इन्डेक्स ४.१२ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.१३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.५१ अंकले उकालो लागेको छ।

कारोबार रकममा गिरावट

नेप्से परिसूचकमा सुधार भए पनि यस दिनको कुल कारोबार रकम घटेको देखिएको छ। आइतबार १३ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार भने ३२५ कम्पनीका २ करोड ७१ लाख ६९ हजार कित्ता सेयर १ लाख ४९ हजार २७४ पटक किनबेच हुँदा जम्मा १० अर्ब ९२ करोड २४ लाख ४९ हजार रुपैयाँको कारोबार मात्र भएको हो।

सबैभन्दा बढी वृद्धि सिक्लेस हाइड्रोपावरको

शेयर मूल्य वृद्धिका हिसाबले सिक्लेस हाइड्रोपावर कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको सेयर मूल्य ५.७३ प्रतिशतले वृद्धि भएको छ। श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य पनि क्रमशः ५ प्रतिशतभन्दा बढी र करिब ५ प्रतिशतले बढेको छ।

एकातिर, पछिल्ला १२ दिनदेखि लगातार सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको ट्रेड टावरको सेयर मूल्य सोमबार भने नकारात्मक सर्किटमा पुग्दै ११४ रुपैयाँ ८० पैसाले घटेर १,०३३ रुपैयाँ २० पैसामा बन्द भएको छ।

कारोबार रकममा हिमालयन रि इन्स्योरेन्स अगाडि

कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ। कम्पनीको ५५ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो। यसपछाडि शिवम् सिमेन्ट्सको ४३ करोडभन्दा बढी र हिमालयन डिष्टिलरीको ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

उपसमूहको प्रदर्शन

नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये सोमबार ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै २.९० प्रतिशतले बढेको हो। बैंकिङ्ग उपसमूह पनि साढे १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

विकास बैंक, वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक भने सामान्य रूपमा घटेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया