Nepal Life

अपर तामाकोशीको हकप्रदमा किन देखिएन आकर्षण ? प्रमुख संस्थापक शेयरधनीले नै किनेनन् !

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Fri 07:05
अपर तामाकोशीको हकप्रदमा किन देखिएन आकर्षण ? प्रमुख संस्थापक शेयरधनीले नै किनेनन् !
Shikhar detail

काठमाडौं । अपर तामाकोशीको हकप्रद शेयरमा माग भन्दा २० प्रतिशत मात्रै आवेदन परेको छ । कम्पनीले भदौ १८ गतेदेखि निष्काशन गरेको हकप्रद शेयरमा जम्मा २ अर्ब २३ करोडको लागि मात्रै आवेदन परेको छ ।

NIMB

एक बराबर एकको अनुपातमा निष्काशन गरिएको हकप्रद शेयरका लागि जम्मा २ लाख ३ हजारले मात्रै आवेदन दिएका छन् । जवकी कम्पनीको प्रमुख शेयरधनी नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, नागरिक लगानीकोष, राष्ट्रिय बीमा संस्थाले नै आफ्नो हक बराबरको लगानी गरेका छैनन् ।

कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत र नागरिक लगानीकोष तथा राष्ट्रिय बीमा संस्थाको २/२ प्रतिशत लगानी छ । त्यस्तै आयोजना प्रभावित बासिन्दाका लागि १५ प्रतिशत र सर्वसाधारणका लागि १० प्रतिशत शेयर जारी गरिएको थियो । कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र प्राधिकरणका कर्मचारीका लागि २४ प्रतिशत शेयर बिक्री गरिएको थियो । यसरी कम्पनीका प्रमुख शेयरधनीहरुले नै अहिलेसम्म आवेदन दिएका छैनन् । संस्थापक समुहका लगानीकर्ताले अन्तिम समयमा आवेदन दिन्छन् भन्दै गर्दा पनि कम्पनीमा अझै तीन अर्ब हाराहारीको लगानी आवस्यक पर्नेछ । यदि संस्थागत लगानीकर्ताले ५१ प्रतिशत पुरैको लगानी गरिहालेछन् भने पनि धेरै शेयर बिक्री हुने अवस्था देखिदैन

किन बिक्न सकेन कम्पनीको हकप्रद शेयर

कुनै समयमा अपर तामकोशीको शेयरमा लगानीकर्ताको सर्वाधिक धेरै आकर्षण थियो । हकप्रद शेयर निष्काशन गर्दै भन्ने हल्लाले पनि बजारमा ७/८ सय रुपैयाँ पुगेको थियो । तर अहिले दोस्रो बजारमा कम्पनीको शेयर मूल्य २१६ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको शेयर मूल्य १९७ रुपैयाँसम्म तल झर्यो ।

दोस्रो बजारमा जलविद्युत कम्पनीको शेयर मूल्य सर्वाधिक धेरै घटेको छ । गएको बुलमा सर्वाधिक धेरै जलविद्युत कम्पनीको शेयरमा उछाल आयो । विद्युत नियमन आयोगले जलविद्युत कम्पनीलाई दीर्घकालिन ऋण तिर्नैका लागि पनि हकप्रद शेयर निष्काशन गर्न दिने निर्णयले पनि जलविद्युतको शेयरमा आकर्षण देखियो । जव हकप्रद शेयर जारी भयो त्यस पछि जलविद्युत कम्पनीको शेयरमा उधोगति लागेको हो ।

हकप्रद शेयर निष्काशन नगर्दै कम्पनीहरुको प्रतिशेयर आम्दानी एकदमै कम थियो । जव हकप्रद शेयर निष्काशन भयो त्यस पछि झन् घट्यो । गएको बढ्दो बजारबाट जलविद्युत क्षेत्रका ठुला लगानीकर्ताले शेयर बिक्री गरेर बाहिरिए । त्यसकोको लस आम सर्वसाधारणले बेहोरिरहेका छन् । ठुला र बाठा लगानीकर्ताले नाफा बुक गरेर बाहिरिए पनि साना र सोझा लगानीकर्ता बजारमा फसिसकेका छन् । यसले गर्दा पनि बजारमा जलविद्युत कम्पनीको शेयर मूल्य बढ्न नसकेको हो ।

यदि यहि हिसावले बजार घट्दै जाने हो भने अपर तामकोशीको शेयर मूल्य पनि आधार मूल्य अवपर आउने सक्दै हुँदा लगानीकर्ता डराएर हकप्रदमा आवेदन नदिएका हुन् । हकप्रद निष्काशन पछि कम्पनीको शेयर सप्लाइ झन् दोब्बरले बढ्छ । बजारमा संस्थापकहरुले शेयर होल्ड गरे भने पनि बाँकी ४९ प्रतिशत बजारमा फ्लट हुन्छ ।  

जसले संस्थागत रुपमा होल्ड गरेका छन्, ठुलो संख्यामा शेयर छ उनिहरुले पनि लगानी गरेका छैनन् । अर्को तर्फ यसका लगानीकर्ता सर्वाधिक धेरै छन् । धेरै लगानीकर्ता भएकाले धेरैले यसको जानकारी नपाएका पनि हुन सक्छन् । कर्मचारी तथा सर्वसाधारणहरुले जानकारी नपाएरै धेरै शेयर बिक्री हुन सकेको छैन ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया