चितवनमा सानिमा रिलायन्स र नारायणी सामुदायिक हस्पिटलबीच स्वास्थ्य उपचार सहुलियत सम्झौता
- BFIS News
- 2025 Aug Sat 07:22

चितवन । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स र नारायणी सामुदायिक हस्पिटल प्रा. लि. चितवन बीच स्वास्थ्य उपचार सेवामा सहुलियत सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष डा. भक्तमान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स संग आवद्ध, विमित, अभिकर्ता, कर्मचारीहरुले उपचारमा १०% सम्म सहुलियतको व्यवस्था सहित सम्झौता भएको कम्पनी क्षेत्र प्रबन्धक इशा प्रधानले जानकारी दिए ।
इन्स्योरेन्स कम्पनी सग सहकार्य गरि स्वास्थ्य सहुलियत दिन पाउँदा अस्पताल प्रशासन खुसि रहेको र आवश्यकता अनुसार थप सहयोग गर्न सकिने अध्यक्ष डा. भक्तमान श्रेष्ठले बताए । सम्झौता हस्ताक्षर गरेकै मितिबाट लागू भई दुई वर्ष अवधि सम्म कामय हुनेछ ।
क्षेत्र प्रबन्धक इशा प्रधानको समन्वयमा भएको सम्झौता कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक विष्णु कुवर , म्यानेजर अरूण लम्साल, इन्स्योरेन्स कम्पनीका मार्केटिङ अफिसर प्रदिप पराजुलीको उपस्थिति रहेको थियो
प्रतिक्रिया