NIMB Header 2
Nepal Life

सन नेपाल लाइफको मुनाफा ५४ करोड रुपैयाँ, जीवन बीमा कोष १० अर्ब नाघ्यो

IME LIFE
  • BFIS News
  • 2025 Aug 17 05:32
सन नेपाल लाइफको मुनाफा  ५४ करोड रुपैयाँ, जीवन बीमा कोष १० अर्ब नाघ्यो
United Ajod

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ मा ५४ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ। कम्पनीले गत असार मसान्तसम्ममा कुल १० अर्ब १० करोड रुपैयाँको जीवन बीमा कोष खडा गरेको छ।

Nepal Life
NIMB

५ अर्ब ८६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले सो अवधिमा जीवन बीमा कोषमा साढे दुई अर्ब रुपैयाँले वृद्धि गर्दै ७ अर्ब ६२ करोडबाट १० अर्ब १० करोड रुपैयाँ पुर्‍याएको हो।

कम्पनीले समीक्षावर्षमा ४ अर्ब ५३ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको छ। यो अघिल्लो वर्षको तुलनामा करिब ६५ करोड रुपैयाँले बढी हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३ अर्ब ८८ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको थियो।

त्यस्तै, कम्पनीले एक अर्ब ५७ करोड ९९ हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको एक अर्ब २२ करोड रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो।

कम्पनीको गत वर्षको मुनाफाका आधारमा प्रतिशेयर आम्दानी (EPS) ११.२२ रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १५४.२३५ रुपैयाँ पुगेको छ भने प्रतिशेयर कूल सम्पत्ति मूल्य ३६४.६० रुपैयाँ पुगेको छ।

बीमा क्षेत्रको स्थायित्व र दीर्घकालीन लगानी क्षमतामा सुदृढीकरण गर्दै आएको सन नेपाल लाइफले आगामी दिनमा अझ प्रभावकारी सेवा र योजना ल्याउने जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया