Nepal Life

नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

NMB Bank
  • BFIS News
  • 2025 Aug 28 21:13
नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन
National Life

काठमाडौं, भदौ १२ – नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ। भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो।

Shikhar
NIMB

समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय तथा विज्ञ सदस्यको रूपमा डा. खोमराज खरेल रहेका छन्।

सरकारले यसअघि अध्यक्ष शरद ओझालाई निलम्बन गरेपछि हाल कार्यवाहक अध्यक्षको रूपमा सेवन्तक पोख्रेललाई जिम्मेवारी दिइएको छ। नयाँ अध्यक्ष नियुक्तिका लागि गठन भएको समितिले योग्य उम्मेदवारको सिफारिस गर्नेछ।

बीमा क्षेत्रको नियमन र विकासका लागि अध्यक्षको भूमिका महत्वपूर्ण मानिने भएकाले नियुक्ति प्रक्रिया प्रतिक्षित रहँदै आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया