Nepal Life

हाइड्रोपावर र बीमा कम्पनीको हकप्रदले शेयर बजार घटायो, हकप्रद आवश्यकता कि बाध्यता ?

Global Ime detail Page
  • नरेन्द्रमान श्रेष्ठ
  • 2023 Sep Sat 06:10
हाइड्रोपावर र बीमा कम्पनीको हकप्रदले शेयर बजार घटायो, हकप्रद आवश्यकता कि बाध्यता ?
Sanima Reliance

काठमाडौं । पछिल्लो समयमा विभिन्न हाइड्रोपावर कम्पनीहरूले धमाधम हकप्रद सेयरहरू जारी गरिरहेका छन् । यसरी भटाभट हकप्रद सेयरहरू जारी भइरहदा सेयर बजारलाई सबैभन्दा धेरै असर गरेको छ । हकप्रद निष्काशन गर्नु भन्दा अगाडी उच्च विन्दुमा रहेका जलविद्युत कम्पनीका शेयर अहिले आधार मूल्यमा झरेका छन् । अपर तामाकोशीको हकप्रद शेयर बिक्री नभएर विजोग छ । 

NIMB

सामान्यतया हकप्रद सेयर जारी गर्ने भनेको पुँजी वृद्धि गर्नका लागि नै हो, तर पनि कतिपय अवस्थामा बाध्यताले पनि हकप्रद सेयर जारी गर्नुपरिरहेको हुन्छ । पछिल्लो समयमा विभिन्न हाइड्रोपावर कम्पनीका हकप्रद सेयर कम्पनीले आफ्नो दीर्घकालिन कर्जा तिर्नैका लागि जारी गरिहरेका छन् । 

नेपाल बीमा प्राधिकरणले पनि हकप्रद शेयर निष्काशनको ढोका खोली दिएको छ । मर्जरको कोर्ष पुरा भए सँगै प्राधिकरणले हकप्रद शेयर निष्काशन गर्न दिएको हो । बीमा कम्पनीहरूमा जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्‍याउनुपर्नेछ ।

यही निर्देशनले गर्दा विभिन्न बीमा कम्पनीले आआफ्नो पुँजी बढाउनका लागि धमाधम मर्जर गरेका थिए । कम्पनीहरूका लागि पुँजी वृद्धि गर्ने सजिलो बाटो भनेको हकप्रद सेयर जारी गर्ने नै हो भन्दा पनि फरक नपर्ला, त्यसो त कतिपय कम्पनीले पुँजी वृद्धि गर्नका लागि कम्पनीहरू एक–आपसमा मर्ज र एक्वायर गर्ने पनि गरिरहेका छन् । तर पनि हाइड्रोपावर कम्पनीहरूले पुँजी वृद्धि गर्नका लागि हकप्रद सेयर नै जारी गर्ने गरिरहेका छन् ।

बैंक तथा वित्त कम्पनी र बीमा कम्पनीहरूले एकआपसमा मर्ज र एक्वायर गर्ने गरे तापनि हाइड्रोपावर कम्पनीहरूले भने यसो गरेको भने देखिँदैन । हाइड्रोपावर कम्पनीहरू हकप्रद सेयरबाट नै पुँजी पुर्‍याउने तयारीमा लागिपरेका छन् । यसलाई हाइड्रो कम्पनीहरूको बाध्यता पनि भन्ने गरेका छन् सरोकारवालाहरूले । यसकारणले अबका दिनमा हाइड्रो कम्पनीहरूले धमाधम हकप्रद सेयर जारी गर्ने तयारी गरिरहेका छन् । अहिले हकप्रद सेयर जारी गर्ने कम्पनीहरूमा उत्पादनमूलक कम्पनी पनि रहेका छन् । त्यसैगरी जलविद्युत कम्पनी अपि पावरले ४० प्रतिशत हकप्रद सेयर जारी गरिसकेको छ ।

विभिन्न कम्पनीले धेरै मात्रामा हकप्रद सेयर जारी गर्ने गर्दा लगानीकर्ताहरू समस्यामा पर्ने गरेका छन् । कतिपय लगानीकर्तासँग धेरै कम्पनीको सेयर हुने गरेको छ । आफूसँग भएका सबै सेयरको एकै समयमा हकप्रद सेयर जारी हुँदा लगानीकर्ताहरूलाई रकमको जोहो गर्न समस्या हुने गरेको छ ।

अरुण काबेलीले १ बराबर १ को हिसाबले हकप्रद सेयर जारी गरिसकेको छ । मल्टिप्रपोज फाइनान्सले ३५ प्रतिशत हकप्रद सेयर जारी गरिसकेको छ भने ङादी हाइड्रोपावर, वरुण हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर तथा अरुण भ्याली हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने सेबोनबाट स्वीकृति पाइसकेका छन् भने निकट भविष्यमा नै हकप्रद सेयर जारी गर्ने तयारीमा छन् । त्यसो त विभिन्न कम्पनीले आ–आफ्नो चुक्ता पुँजी बढाउनका लागि हकप्रद सेयर जारी गर्ने गरिरहे तापनि पछिल्लो समयमा हकप्रद सेयरप्रति लगानीकर्ताहरूको त्यति आकर्षण नरहेको जस्तो देखिन्छ ।

खासगरी संस्थापकतर्फको हकप्रद सेयरप्रति संस्थापक सेयरधनीहरूको त्यति चासो नरहेको जस्तो पनि देखिन्छ । पछिल्लो समयमा विभिन्न कम्पनीले जारी गर्ने गरेका हकप्रद सेयरहरूमा संस्थापकतर्फको हकप्रद सेयर मात्र नभई सर्वसाधारणतर्फको हकप्रद सेयरहरू पनि सबै बिक्री नभएको देखिन्छ । केही हप्तापहिले हकप्रद सेयर जारी गरेको नेसनल हाइड्रोपावर कम्पनीको १३ लाखभन्दा बढीको सेयर बिक्री नभएको देखिन्छ । त्यसो त कतिपय अवस्थामा त सर्वसाधारणतर्फको हकप्रद सेयर पनि नबिकेको अवस्था छ । हकप्रद सेयर जारी गर्दा नबिकेका हकप्रद सेयर लिलामीमा बिक्री गर्नुपर्ने हुन्छ । लिलामीमा बिक्री गर्न पनि कम्पनीहरूलाई सकस नै हुने गरेको छ ।

कतिपय अवस्थामा त संस्थापकतर्फको हकप्रद सेयर लिलामीमा पनि बिक्री नहुने अवस्था पनि रहेको छ । कम्पनीहरूको पुँजी गर्नुपर्ने बाध्यताले होस् वा आवश्यकताले होस्, सबैजसो कम्पनीले भारी मात्रामा हकप्रद सेयर जारी गरेकाले सेयर बजारमा सेयरको आपूर्ति बढेको भने पक्कै हो । बैंक तथा वित्त कम्पनीहरूले आफ्नो पुँजी बढाउन ३/४ सय प्रतिशतसम्म पुँजी वृद्धि गर्नुपर्ने बाध्यताले हकप्रद सेयर जारी गरे भने अझ पनि केही कम्पनी हकप्रद सेयर जारी गर्ने प्रक्रियामा छन् । हकप्रद सेयरको बजारमा बाढी आएका कारण बजारमा मागभन्दा बढी आपूर्ति बढेकाले सेयर बजार ओरालो लागेको हो भन्ने पनि धेरैको भनाइ रहेको छ ।

पछिल्लो समयमा सेयर बजार ओरालो लाग्नुको कारण कतिपयले हकप्रद सेयरलाई पनि मानेका छन् भने कतिपयले धमाधम विभिन्न कम्पनीको प्राथमिक सेयर जारी गरिरहेको कारणलाई पनि मानेका छन् । त्यसो त विगतमा हकप्रद सेयरप्रति लगानीकर्ताहरूको आकर्षण बढिरहने गरेको थियो । तर, पछिल्लो समयमा भने लगानीकर्ताको आकर्षण हकप्रद सेयरप्रति त्यति नरहेको जस्तो देखिन्छ । कतिपय लगानीकर्ताले भने हकप्रद सेयर भर्नु भनेको ऋणमाथि ऋण थप्नु हो पनि भन्ने गरेका छन् । त्यसो त कतिपय लगानीकर्तालाई हकप्रद सेयर भनेको नखाऊँ भने दिनभरको सिकार, खाऊँ भने कान्छा बाउको अनुहारजस्तै भएको छ ।

त्यसो त पछिल्लो समयमा सेयरधनीहरूसँग हकप्रद सेयरले गर्दा सेयरको थुप्रो नै भइसकेको छ । यस कारणले पनि लगानीकर्ताहरू सेयर खरिद गर्नमा भन्दा बिक्री गर्नमा बढी लागेको देखिन्छ । यस कारणले पनि नेप्से घटेको र सेयर बजार ओरालो लागेको हो भन्ने पनि धेरैको भनाइ रहेको छ । त्यसो त सेयर बजार ओरालो लाग्नुका विविध कारण हुन सक्छन्, सेयरको आपूर्ति बजारमा बढेकाले सेयर बजार ओरालो लागेको हो भन्नेहरू पनि धेरै छन् । त्यसो त सरकार, राजनीतिक कारण र हल्लाको कारणले पनि सेयर बजारमा असर गर्ने गरेको छ । त्यस्तै, बैंकको ब्याजदरले पनि सेयर बजारमा असर गरेको हुन्छ ।

तर पनि पछिल्लो समयमा सेयर बजार ओरालो लाग्नुको कारण मौद्रिक नीति नै रहेको सरोकारवालाहरूको भनाइ छ । मौद्रिक नीति जारी भएदेखि ओरालो लागेको छ सेयर बजार । अहिले जारी गरिरहेका कम्पनीहरूमा पहिले पनि हकप्रद सेयर जारी गरिसकेका कम्पनीहरू पनि छन् । शतप्रतिशत हकप्रद सेयर जारी गर्ने कम्पनीमा १५–१५ वर्ष भइसक्दा पनि सेयरधनीहरूलाई १ रुपैयाँ पनि लाभांश नदिने कम्पनीहरू पनि छन् । लाभांशचाहिँ दिन सकेका छैनन्, तर लोन तिर्न भनेर शतप्रतिशत हकप्रद जारी गर्‍यो भनेर आक्रोश पनि पोखेका छन् सेयरधनीहरूले ।

विभिन्न कम्पनीले धेरै मात्रामा हकप्रद सेयर जारी गर्ने गर्दा लगानीकर्ताहरू समस्यामा पर्ने गरेका छन् । कतिपय लगानीकर्तासँग धेरै कम्पनीको सेयर हुने गरेको छ । आफूसँग भएका सबै सेयरको एकै समयमा हकप्रद सेयर जारी हुँदा लगानीकर्ताहरूलाई रकमको जोहो गर्न समस्या हुने गरेको छ । हकप्रद सेयरको बाढीले नेप्से घटाउन मद्दत गरेको जानकारहरू बताउँछन् ।

स्रोत

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया