Nepal Life

नेपाल लाइफ इन्स्योरेन्स पहिलो महिनामै आक्रामक, बजार हिस्सा सर्वाधिक धेरै ३१.५१ प्रतिशत बनाउन सफल

NMB Bank
  • BFIS News
  • 2025 Aug 29 20:49
नेपाल लाइफ इन्स्योरेन्स पहिलो महिनामै आक्रामक, बजार हिस्सा सर्वाधिक धेरै ३१.५१ प्रतिशत बनाउन सफल
National Life

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी चालु आर्थिक वर्षको पहिलो महिनामै आक्रामक देखिएको छ। कम्पनीले पहिलो महिनामै एक अर्ब तीन करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षमा साढे १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको कम्पनीले यहि हिसावले व्यवसाय विस्तार गरेमा १२/१३ अर्ब सजिलै कटाउने देखिएको छ।

Shikhar
NIMB

त्यस्तै नबिकरण बीमा शुल्क आर्जन ५ अर्ब १५ करोड रुपैयाँ आर्जन गर्दा कुल भने ६ अर्ब १९ करोड नाघेको छ। हाल कम्पनीको जारी बीमालेख संख्या ७५ हजार ९५३ वटा रहेको छ।

समग्रमा जीवन बीमा कम्पनीहरुले साउन महिनामा तीन अर्ब २७ करोड २४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन्। जसमा नेपाल लाइफ एक्लैको ३१.७५ प्रतिशत बजार हिस्सा रहेको थियो। त्यस्तै जीवन बीमा कम्पनीहरुले साउन एक महिनामै १६ अर्ब ३८ करोड रुपैयाँ आर्जन गर्दा नेपाल लाइफ एक्लैले ३१.४६ प्रतिशत बजार हिस्सा ओगटेको छ। साउन महिनामा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन १९ अर्ब ६५ करोड रुपैया रहेको छ। यसमा पनि नेपाल लाइफ एक्लैको ३१.५१ प्रतिशत बजार हिस्सा छ।

लघु बीमा तर्फ तीन कम्पनीले ७ करोड ६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन्। नविकरण बीमा शुल्क आर्जन भने ६६ लाख रुपैयाँ मात्रै छ। कुल बीमा शुल्क आर्जन ७ करोड ७३ लाख रुपैयाँ छ।

केहि वर्ष अगाडीसम्म जीवन बीमा कम्पनीहरु आर्थिक वर्षको अन्तिमतर मात्रै आक्रामक देखिने गरेकोमा केहि वर्षदेखि हरेक महिनामा टार्गेट सेट गर्दै काम गर्ने गरेका छन्। यसका लागि हरेक महिना आकर्षक स्किम ल्याउने तथा प्रोत्साहनमुलक योजनाहरु सार्वजनिक गर्दै आइरहेका छन्। यसमा पनि पछिल्लो समय बैंक वित्तीय संस्थाको व्याजदर निकै तल्लो विन्दुमा छ। बैंकमा २/३ प्रतिशत व्याजदरमा निक्षेप राख्नु भन्दा बीमा गराएर जोखिम र दीर्घकालिन बचतको साधन बनिरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया