Nepal Life

माछापुच्छ्रे बैंक लाभांश घोषणा गर्ने पहिलो बैंक, दशै अगाडी ४ प्रतिशत बोनस शेयर ४ प्रतिशत नगद लाभांश

NMB Bank
  • BFIS News
  • 2025 Aug 30 06:15
माछापुच्छ्रे बैंक लाभांश घोषणा गर्ने पहिलो बैंक, दशै अगाडी ४ प्रतिशत बोनस शेयर ४ प्रतिशत नगद लाभांश
National Life

काठमाडौं, भदौ १४ – माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले आ.व. २०८१/८२ का लागि लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ। बैंकको सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले लाभांश सम्बन्धी प्रस्ताव पारित गरेको हो।

Shikhar
NIMB

बैठकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ४% बोनस शेयर र ४% नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको हालको चुक्तापूँजी ११ अर्ब ६२ करोड रुपैयाँको आधारमा हुनेछ। प्रस्तावित बोनस शेयर वितरण पछि बैंकको चुक्ता पूँजी १२ अर्ब ८ करोड पुग्नेछ। 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित हुनुपर्नेछ। यससँगै माछापुच्छ्रे बैंक चालु आर्थिक वर्षमा लाभांश प्रस्ताव गर्ने पहिलो बैंक बनेको छ, जसले शेयरधनीहरूमा उत्साह थपेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया