Nepal Life

नेपाल लाइफको लम्की शाखाको अभिकर्ता संघको अध्यक्षमा प्याकुरेल चयन   

NMB Bank
  • BFIS News
  • 2025 Aug 31 14:15
नेपाल लाइफको लम्की शाखाको अभिकर्ता संघको अध्यक्षमा प्याकुरेल चयन   
National Life

काठमाडौं। पेशागत बीमा अभिकर्ता संघ नेपाल अन्तर्गत बीमक समिति, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, लम्की शाखाको दोस्रो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ।

Shikhar
NIMB

उक्त अधिवेशनले जगत प्रसाद प्याकुरेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ शाखा समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। नयाँ कार्यसमितिका पदाधिकारीहरूमा अध्यक्ष: जगत प्रसाद प्याकुरेल, उपाध्यक्ष: नवीन नयौपाने (देवराज), सचिव: मीन बहादुर बोहरा, कोषाध्यक्ष: लोकसरा कुमारी केसी, सह-सचिव: ज्ञानु शाह, सदस्यहरू:  जनक हमाल,  मनिषा भुल, नरेन्द्र संज्याल र नरेन्द्र प्याकुरेल चयन भएका हुन्।

नव-निर्वाचित पदाधिकारीहरूलाई पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका उपाध्यक्ष देव प्रसाद जैसीले बधाईका साथ सफल कार्यकालको शुभकामना व्यक्त गरिका थिए। अधिवेशनका क्रममा सहभागी प्रतिनिधिहरुले आगामी दिनमा अझ प्रभावकारी ढंगले शाखाको क्रियाकलाप सञ्चालन गर्ने विश्वास व्यक्त गरेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया