NIMB Header 2
Nepal Life

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आठौं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न, उत्कृष्ट सेवा दिने प्रतिबद्धता

Citizen Life
  • BFIS News
  • 2025 Aug 31 18:04
रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आठौं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न, उत्कृष्ट सेवा दिने प्रतिबद्धता
National Life

काठमाडौं, भदौ १५ – रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा कारोबारको आठ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको अवसरमा देशभर विविध कार्यक्रमहरूमार्फत आठौं वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न गरेको छ।

NIMB

यस अवसरमा कम्पनीले करिब ७० लाख बीमितहरु, नियमनकारी निकायहरु, बीमा सेवा देशका दुरदराजसम्म पु¥याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने रिलायवल एडभाइजरहरु, शेयरधनीहरु, समर्पित कर्मचारी वर्ग, पत्रकार तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरेको छ।

कम्पनीका अनुसार हालसम्म प्राप्त उपलब्धिहरुले थप ऊर्जा र प्रेरणा प्रदान गरेको उल्लेख गर्दै आगामी दिनमा अझ जिम्मेवार ढंगले सेवा प्रदान गर्दै उत्कृष्ट बीमा कारोबार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। ग्राहकमैत्री सेवा र सेवा उत्कृष्टता कम्पनीको प्राथमिकतामा रहेको बताइएको छ।

कम्पनीले गत आर्थिक वर्षमा ५७ करोड रुपैयाँ बराबरको नाफा आर्जन गर्न सफल भएको छ। साथै, नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पुरा गर्दै कम्पनीको हालको पूँजी ५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको कुल लगानी करिब २० अर्ब रुपैयाँ रहेको छ भने सोही वर्षमा १ अर्ब ४३ करोड रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरिएको जानकारी दिइएको छ।

वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय ज्ञानेश्वरबाट सुरु भई मैतिदेवी, डिल्लीबजार, पुतलीसडक, कृष्ण पाउरोटी हुँदै पुनः ज्ञानेश्वरमा समापन भएको प्रभातफेरी सहित बीमा जागरण कार्यक्रम सम्पन्न गरिएको थियो। उक्त कार्यक्रममा कर्मचारी तथा एडभाइजरहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

त्यस्तै, देशभरका विभिन्न शाखाहरुमा सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरु संचालन गरिएका थिए। कम्पनीले महेन्द्रनगर, धनकुटा, लहान, भैरहवा शाखामा रक्तदान तथा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो भने राजविराज, चितवन, सुन्दर बजार, मिर्चैया शाखामा वृक्षारोपण कार्यक्रम गरेको छ। त्यस्तै पुतलीबजार, विराटनगर, सुर्खेत, बुटवल, गोरखा, धनगढी, दमौली, वनेपा, इलाम शाखाबाट विद्यालयहरुलाई शैक्षिक सामग्री तथा वृद्धाश्रममा खाद्य सामग्री वितरण र सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा क्षेत्रमा पारदर्शिता, सेवाको विश्वसनीयता र ग्राहक सन्तुष्टिलाई मूलमन्त्र बनाई अघि बढ्ने पुनः प्रतिबद्धता व्यक्त गरेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया