NIMB Header 2
Nepal Life

बीमा क्षेत्रमा समर्पित अभियन्ता विक्रान्त पाण्डे नेपाल बीमा प्राधिकरणको अध्यक्षको दौडमा, धेरै समयदेखिको तयारी

Citizen Life
  • BFIS News
  • 2025 Sep 01 13:04
बीमा क्षेत्रमा समर्पित अभियन्ता विक्रान्त पाण्डे नेपाल बीमा प्राधिकरणको अध्यक्षको दौडमा, धेरै समयदेखिको तयारी
National Life

काठमाडौं। नेपालको बीमा क्षेत्रले ५ दशक पार गरिसक्यो। यस अवधिमा कयौ व्यक्तिले आफुलाई बीमा क्षेत्रमै समर्मित गरिसकेका छन्। जसले यो क्षेत्रको आधार निर्माणमा गहिरो छाप छोडेका छन्। तिनैमध्ये एक हुन्, विक्रान्त पाण्डे। दुई दशकभन्दा बढी समयदेखि बीमालाई कर्मभूमि बनाएका पाण्डे अहिले बीमा प्राधिकरणको अध्यक्ष बन्ने दौडमा छन्। उनी केवल जागिरे होइनन्, बीमालाई नजिकबाट बुझेको, आत्मसात् गरेको र अभियानको रूपमा अघि सारेका व्यक्तित्व हुन्।

NIMB

बीमामा प्रवेश: एक संयोग, एक परिवर्तन

विक्रान्त पाण्डेको प्रारम्भिक करिअर अटोमोबाइल क्षेत्रबाट सुरुवात भएको थियो। तर भाग्यको एक मोडले उनलाई बीमा क्षेत्रमा ल्यायो, जसलाई उनले आफ्नो जीवनकै सबभन्दा उर्वर मोड ठानेका छन्। तत्कालीन प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको मार्केटिङ विभागबाट सुरु भएको उनको यात्रा क्रमशः जिम्मेवारी, चुनौती र नेतृत्वको शिखरतर्फ अघि बढ्दै गयो।

चुनौतीमा नेतृत्व, संकटमा समाधान

एनबी इन्स्योरेन्स कम्पनीको जटिल परिस्थितिमा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व सम्हाल्दा, त्यो केवल एक जागिर थिएन। त्यो उनको आत्मसम्मान र लगाव थियो। 'नेपालमा एउटा बीमा कम्पनी डुबेको थियो' भन्ने इतिहास रोक्ने व्यक्ति भएकोमा आफूलाई गर्व गर्छन्।

सबैका लागि बीमा’ अभियान

पाण्डेले बीमालाई केवल व्यापारिक दृष्टिकोणबाट हैन, सामाजिक सुरक्षाको दृष्टिबाट पनि हेरिरहे। "बीमा भनेको जीवनको सुरक्षा हो, सबैका लागि अपरिहार्य सेवा हो," उनी बताउँछन्। यही सोचले गर्दा उनले जागिरे यात्रा पछाडि छाडेर बीमा जागरणको अभियान सुरु गरे।

नेपाल इन्स्योरेन्समा अविस्मरणीय योगदान

नेपाल इन्स्योरेन्स कम्पनीमा नायव महाप्रवन्धकको जिम्मेवारी बहन गर्दै, कम्पनीको कायापलटमा उनले नेतृत्वदायी भूमिका खेले। केही वर्षमै कम्पनीको शाखा विस्तार, ब्रान्ड सुदृढीकरण र सेवा प्रभावकारितामा सुधार ल्याउनु उनि र उनको टिमको प्रमुख उपलब्धि हो।

२५ वर्ष निर्जीवन बीमा क्षेत्रमा बिताएका पाण्डे पुनर्बीमा र जीवन बीमाका पक्षमा पनि गहिरो ज्ञान राख्छन्। उनका अनुसार, “जीवन र निर्जीवन दुबै बीमाले क्षतिपूर्ति दिन्छन्, फरक यत्ति हो जीवन बीमाले प्रतिफल पनि दिन्छ।”

अध्यक्ष पदका लागि सशक्त तयारी

 

"जुन दिन म बीमामा प्रवेश गरे, त्यहि दिन म अध्यक्ष बन्ने प्रण गरेको थिए," भन्ने पाण्डे अध्यक्ष पदका लागि लामो समयदेखि आफूलाई तयारी अवस्थामा राख्दै आएका छन्। तर विडम्बना, यस अगाडीको छनोट प्रक्रियामा उनलाई सर्टलिष्टमै नराख्दा उनी खिन्न बने। यति लामो समय स्वदेशमै समर्पित सेवा गरेपनि उपेक्षित महसुस गर्नु उनको ठूलो पीडा हो।

तर यसपटक, उनले "सबैका लागि बीमा" भन्ने नारालाई अघि सार्दै अध्यक्ष पदका लागि गम्भीर तयारी गरिरहेका छन्। उनको सोचमा जीवन बीमाको कर छुट क्षेत्र फराकिलो बनाउनु, घुम्ती बीमालाई विस्तार गर्नु, र जलवायु बीमालाई नीति तहसम्म पुर्याउनु समावेश छ।

जलवायु बीमा: भविष्यको मार्गदर्शन

पाण्डे नेपालको बीमा बजारलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने सपना देख्छन्। विशेषतः जलवायु परिवर्तन सम्बन्धी बीमालाई प्राथमिकतामा राख्दै उनी भन्छन्, “यदि यो अवधारणालाई मूर्त रुप दिन सक्यौं भने, हामीले भविष्यका धेरै जोखिमलाई कम गर्न सक्छौं।”

क्षेत्रपाटीको राजगुरु घरानामा जन्मिएका, जनप्रशासनमा स्नातकोत्तर गरेका र दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरुमार्फत आफूलाई निखारेका विक्रान्त पाण्डे आज बीमा उद्योगको एउटा सशक्त उम्मेद्वार बनेका छन्। उनी केवल अध्यक्षको कुर्सी चाहने हैनन्, बीमा उद्योगलाई नयाँ युगमा प्रवेश गराउने योजनासहितका व्यक्तित्व हुन्। यदि नेतृत्व योग्यताका आधारमा छानिने हो भने, विक्रान्त पाण्डे बीमा प्राधिकरणको अध्यक्ष पदका लागि मात्र हैन, नेपालकै बीमा भविष्य निर्माणको लागि एउटा उपयुक्त नाम हुन्।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया